रूख चढेर घाँस का’ट्दा करेन्टले मृ’त्यु

लमजुङ — रूख चढेर घाँस का’ट्ने क्रममा बिजुलीको तार छुँदा क’रेन्ट लागेर एक महिलाको मृ’त्यु भएको छ ।

दूधपोखरी गाउँपालिका–५, तस्यो गाउँकी ५४ वर्षीया आसमाया गुरुङको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले शनिबार अपराह्न घ’टना भएको बताए । उनकै नेतृत्वमा प्रहरी टोली गएर राति ११ बजेतिर रूखबाट श’व निकालेको थियो ।

स्थानीय धनबहादुर गुरुङका अनुसार महिलालाई रूखसँगै तारमा अ’ड्किएको घाँस झार्ने क्रममा क’रेन्ट लागेको हो । ‘बिजुली तार टाग्दा गल्ती गरियो । पहिले नै घाँस भएको ठाउँबाट नलाने भन्दाभन्दै पोल त्यहीँ गाडे,’ उनले भने, ‘अहिले यस्तो घ’टना भयो ।’

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार ०५:०२