म्याग्दीकी १३ वर्षीया बालिकामा डेङ्गु स’ङ्क्रमण, स’ङ्क्रमित संख्या १०

हिमाली जिल्ला म्याग्दीमा को’रोना भा’इरसको स’ङ्क्रमणसँगै डेङ्गु स’ङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डे’ङ्गु स’ङ्क्रमण देखिएको हो। योसँगै डेङ्गु स’ङ्क्रमितको सङ्ख्या १० पुगेको छ। तीमध्ये नौ जना निको भएर घर फर्किएका छन्।
बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए।

लामखुट्टेको टो’काइबाट डेङ्गु स’ङ्क्रमण हुने भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिएका छन्।

वर्षा सुरू भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ। (रासस)

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार ०२:३६