हृद’याघातका कारण कोरियामा एक नेपालीको मृ’त्यु

कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृ’दयाघातका कारण बिहीबार मृ’त्यु भएको छ ।

भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् ।
घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आइसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।

१० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् ।

केही दिनयता कोरियामा नेपालीको मृ’त्यु हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट ल’डेर उपचारका क्रममा मृ’त्यु भएको थियो ।

त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृ’त फेला परेका थिए । थापाको श’व नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १६:३९