धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर ४.८ म्याग्‍निच्युडको भूकम्प

काठमाडौँ — धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको ध’क्का धादिङका विभिन्न ठाउँसहित उपत्यकामा समेत महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले ध’क्का महसुस गरिएको केन्द्रले जनाएको छ ।

यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १६:२६