पत्रकार नवराज धानुक वि’वादमा, वडाध्यक्षलाई ब’लात्कारको फ’न्दामा फ’साउने तरिका सिकाउदै (अडियो सहित)

कञ्चनपुर – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता वि’परीत काम गरेको भन्दै वि’वादमा तानिएका छन । विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर ब’लात्कारको आ’रोप लगाएर फ’साएर जेल च’लान गर्नुपर्ने सुझाव दिएका छन ।

उनले भनेका छन “कमीकमजोरी पहिल्याई एक आईमाईलाई भनेर ब’लात्कार गर्याे भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हा’लत हुने उक्त अडियोमा बोलेका छन । यस विषयले समाजमा अ’नैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै वि’वाद सृजना भएको छ ।

हामिसँग प्राप्त अडियोमा पत्रकार धानुकले अध्यक्ष महराको चरित्र ह’त्या हुनेगरि अ’पाच्य शब्द प्रयोग गरेका छन । अडियोमा अध्यक्ष केही जाने नबुझेको र अहिले पैसा पाएर मा’त्तिएकोले यसलाई कुनै पनि स’डयन्त्रमा फसाउनु पर्ने भनेका छन ।

पत्रकार धानुक तातो बहस कार्यक्रमका सञ्चालक तथा क्यापिटल लाईभ न्यूज अनलाइन पत्रिकाका प्रबन्ध निर्देशक हुन्

00:00
00:00
Audio Player

00:00
00:00

उपहार खबर/निरज जोशी

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १५:०९