रुकुम-जाजरकोट: सुष्मा मल्ललाई लिन जाँदा ज्या’न गु’मा’एका नवराज र साथीहरुको यस्ता थिए सपना..

जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र ल’कडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा वि’लीन भयो ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुं’गामु’ढा गर्दै ल’खेटे। नवराजसहित ५ जनाले ज्या’न गुमाए, १ जना बे’पत्ता भए। १२ जना मु’स्किलले बाँ’चे। घट’नापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले प’क्राउ गरी घ’टना’को अ’नुसन्’धान थालेको छ। जा’हेरी’मा कि’टान गरिएका २ जना फ’रा’र छन् ।

प्र’हरी बन्ने सपना- २० वर्षीय नवराज मुनिलाल र उर्मिलाका एक्लो छोरा हुन्;। उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए। ल’कडाउनका कारण परीक्षा स्थगित भएपछि उनी घरमै बसिरहेका थिए।

त्रिभुवन मावि, खलंगाबाट १२ कक्षासम्म पढेका उनी प्रहरीमा जागिर खाएर आमाबुबालाई खुसी बनाउन चाहन्थे। उनी जागिरसँगै बिहे गरेर दुलही भित्र्याउने योजनामा थिए&। ‘जागिर खान्छु, बुहारी पनि ल्याउँछु भन्थ्यो,’ आमा उर्मिलाले भनिन्, ‘पा’पीहरूले मेरो छोरालाई मा’रेर भेरीमा बगा’इदिए, कस्तो सपना देखेको थियो, ला’स बनेर घर आयो।’

मुनिलाल र उर्मिला दैनिक म’जदुरी गर्छन्। उनीहरूले मजदुरी गरेरै छोरालाई पढाएका थिए। छोरो बाठोटाठो भएकैले क’थित माथिल्लो जातकी छोरीलाई ताकेको हुन सक्ने बुबा मुनिलालले बताए।

विदेश जाने तयारीमा थिए गणेश- त्रिभुवन मावि खलंगाबाट २०७४ मा एसईई उत्तीर्ण गरेका गणेश बुढा निम्न वर्गीय परिवारमा जन्मेका हुन्। कुशे गाउँपालिका–२, टालेगाउँमा जन्मिए पनि उनी डेढ दशकदेखि आमाबुबासँग रानागाउँमा डेरामा बस्थे। बुबा पदमबहादुर र आमा राधिका सदरमुकाममा म’जदुरी गर्छन्।

१९ वर्षीय गणेशले वैदेशिक रोजगारीमा गएर परिवारको आर्थिक अ’वस्था माथि उ’कास्ने सपना देखेका थिए। ‘विदेश गएर पैसा कमाउँछु, तपाईंहरूलाई सुख दिन्छु भन्थ्यो,’ राधिकाले भनिन्, ‘ल’कडाउनले विदेश जान ढिलो भएको थियो।’ नवराज मिल्ने साथी भएकाले गणेश त्यस दिन सोती गएको उनले बताइन्।

बिहे गर्ने तयारीमा थिए सन्दीप- २३ वर्षीय सन्दीप विक (सन्जु) नवराजका साथीमात्र होइनन्, नाताले दाइ हुन्। उनी बुबा बलबहादुर र आमा सविताका जेठो छोरा हुन्। उनीपछि एक भाइ र दुई बहिनी छन्। प्राथमिक तहसम्म मात्र अध्ययन गरेका उनी घरको काममा आमाबुबालाई सघाउँथे। सविताका अनुसार सन्दीप निकै सोझो र मिजासिलो थिए।।

‘उसले अहिलेसम्म कसैसँग झ’गडा गरेको थाहा पाएकी छैन,’ उनले भनिन्, ‘त्यो दिन अर्कै गाउँका मान्छेसँग कसरी झ’गडा गर्न गयो होला र?’ सन्दीप छिट्टै बिहे गर्ने तयारीमा थिए&। उनी बुबाआमालाई भन्ने गर्थे, ‘बिहे गरेर तपाईंहरूलाई काममा स’घाउँछु।’

सुनचाँदी व्यवसाय थाल्ने सुरमा लोकेन्द्र- १८ वर्षीय लोकेन्द्र सुनारले शीतल मावि चौरजहारी रुकुममा १० कक्षासम्म पढेका थिए। उनी भेरी नगरपालिका–११, मटेलाका हुन्। उनका बुबाको २०७४ सालमा बस दु’र्घट’नामा परी मृ’त्यु भएको थियो। अब उनकी आमा र एक जना दाइमात्र छन्। दाइ पनि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन्। घरमा आमामात्र छिन्।

उनी सुनचाँदी व्यवसाय चलाउने तयारीमा थिए। यसका लागि उनले सुर्खेतको भीममनी सुनचाँदी पसलमा तालिम लिइरहेका थिए। ‘ल’कडाउनको बिदामा घरमा आएको थियो, म’र्नु लेखेको रहेछ,’ लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘सुनचाँदी पसल खोलेर पैसा कमाउने सपना भेरीले ब’गायो।’

सोलार व्यवसाय गर्ने योजनामा टीकाराम- रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, लामिछाने गाउँका २० वर्षीय टीकाराम सुनार सोबे र गीताका एक्लो सन्तान हुन्। विवाहित उनका २ वर्षीया छोरी र श्रीमती छन्।

उनका बुबाआमा मजदुरी गर्छन्। टीकाराम भने चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्दै आएका थिए। अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा उनी थिए। ‘साथीको साथ लागेर गयो, पा’पीले मा’रेर भेरीमा फा’ले,’ उनका बुबा सोबेले भने, ‘नातिनीलाई टुहुरी बनाए, बुहारीको सिन्दूर पुछियो;।’ सोबेले एक्लो सन्तान गु’मेको जस्तै पीडा नातिनी र बुहारीको बि’जोग देख्दा हुने गरेको बताए।

एसईईको तयारीमा थिए गोविन्द- भेरी नगरपालिका–११, मटेलाका गोविन्द शाही अझै भे’टिएका छैनन्। उनी शीतल मावि चौरजहारीबाट यस वर्ष एसईई दिने विद्यार्थी हुन्। बाबुआमाका तीन छोरामध्ये उनी कान्छो हुन्;।

आमा भीमाकुमारीका अनुसार १८ वर्षीय गोविन्दले एसईई दिएर रोजगारीका लागि विदेश जान चाहेका थिए। घरको गरिबीले विदेशमा गएर पैसा कमाउने योजना बनेको थियो। त्यस दिन घरबाहिर नजान भन्दाभन्दै पनि अ’टेरी गरेर हिँडेको भीमाकुमारीले बताइन्। ‘घरबाहिर कहिल्यै नबस्ने छोरो साँझसम्म नआएपछि मनमा चि’सो पस्यो,’ उनले भनिन्, ‘रातिसम्म पनि फर्केर आउला भनेर खाना कुरेर बसें तर अहिलेसम्म आएको छैन।’ गोविन्दलाई स्थानीय बासिन्दा र स’शस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजिरहेका छन्।
हेर्नुहोस भिडियो:

 

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुं’गामुढा गर्दै ल’खेटे। नवराजसहित ५ जनाले ज्या’न गुमाए, १ जना बे’पत्ता भए। १२ जना मु’स्किलले बाँ’चे। घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्र’हरीले प’क्राउ गरी घ’टना’को अ’नुसन्’धान थालेको छ। जा’हेरी’मा कि’टान गरिएका २ जना फ’रा’र छन् ।

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १४:०३