को’रोनाबाट थप एकको मृ’त्यु, मृ’तकको संख्या सात पुग्यो

काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृ’त्यु भएका युवकको को’रोना परीक्षण गर्दा पोजेटिभ रि’पोर्ट आएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृ’त्यु भएका युवकको को’रोना भा’इरस परीक्षण गर्दा रि’पोर्ट पोजेटिभ आएको पुष्टि गरे ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृ’त्यु भएको थियो

शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृ’त्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमणले मृ’त्यु हुनेको संख्या सात पुगेको छ ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृ’त्यु भएको थियो

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार १३:२४