भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवकको मृ’त्यु,पीसीआर परीक्षण रिर्पो’ट आउन बाँकी

दैलेख : भारतबाट फर्किएका दैलेखका एक युवकको मृ’त्यु भएको छ। दुल्लु नगरपालिका – ११ का ३५ वर्षीय युवकको मृ’त्यु भएको हो। १० दिन अघि भारतको गुजरातबाट आएका उनको शनिबार बिहान मृ’त्यु भएको हो। उनी दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए।

पीसीआर परीक्षण रिर्पो’ट आउन बाँकी रहेकोले आएपछि मात्र उनको मृ’त्यु को’रोनाले हो/ होइन पत्ता लाग्ने दुल्लु अस्पतालले जनाएको छ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार भारतबाट आएका कारण उनीसहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो। ‘शनिबार बिहान चिया खाजा खानुभएको रहेछ, पछि त्यहि ढल्नु भएको हो,’ मेयर भण्डारीले भने।

उनको को’रोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको छ। पीसीआर परीक्षण रिर्पो’ट आउन बाँकी रहेकोले आएपछि मात्र उनको मृ’त्यु को’रोनाले हो/ होइन पत्ता लाग्ने दुल्लु अस्पतालले जनाएको छ।

प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार ०५:३५