फेसबुक चलाउने साथीहरुले अबस्य पढ्नुहोस है

आजकल मानिसहरुमा सोसल मिडियाको ल’त यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फे’सबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स तथा कमेन्ट्स प्राप्त होस् भन्ने सबैको चाहना हुन्छ । फेसबुकमा प्रशस्त लाइक तथा कमेन्ट आएमा खुसी लाग्दछ तर यदि आफ्नो पोष्टमा अरूले खासै ध्यान दिएनन् भने खि’न्नता महसुस हुन्छ ।

वास्तवमा फेसबुकजस्ता सोसल मिडिया भनेको आफ्ना साथीसंगी तथा आफन्तहरुसँग सजिलैसँग स’म्पर्क तथा सञ्जालमा रहनका लागि हो । तर जब साथीसंगी र आफन्तसँगको स’म्बन्ध नै फेसबुकका लाइक र क’मेन्टबाट निर्धारण गर्न थालिन्छ, तब समस्या उत्पन्न हुन सक्दछ । फेसबुक प्रयोग गरिरहँदा हामीले यस्ता धेरै गल्तीहरु गरिरहेका हुनसक्छौं, जुन हाम्रो गो’पनीयता तथा सामाजिक जीवनका लागि हा’निकारक हुन सक्दछन् । त्यसैले फेसबुक प्रयोग गर्दा यी १२ ग’ल्ती नगर्नुहोस्।

१-फेसबुकमा आफ्ना धेरै व्यक्तिगत जानकारीहरु राख्ने

फेसबुकमा आफ्ना धेरै व्यक्तिगत जानकारीहरु राख्ने फेसबुकमा कुनै कुरा पोष्ट गर्दा पोष्ट बटन थि’च्नु अगाडि उक्त पोष्टमा आफ्ना कति व्यक्तिगत जानकारीहरु शेयर गर्दैछु भन्ने कुराको एकपटक समीक्षा गर्नुहोस् । आफ्ना नजिकका साथीभाइ, परिवार तथा सहकर्मीहरुसँग गरिने कुराकानी तथा सम्बन्धित कुराहरु फेसबुकजस्तो सोसल मिडियामा पोष्ट गर्नु उपयुक्त हुँदैन । त्यसैले फेसबुकमा कुनै चिज अ’न्धाधुन्ध पोष्ट गर्नुअघि सोच्नुहोस् ।

२- म’दिरा से’वनको बेला फेसबुक नचलाउनुहोस्

हामीलाई थाहै छ कि र’क्सी से’वन गरेर गाडी चलाउनु हुँदैन । त्यसैगरी रक्सी सेवन गरेर मा’त्तिएको बेला फेसबुक पनि नचलाउनु सु’रक्षित हुन्छ । अत्यधिक र’क्सी सेवन गरेको बेला फेसबुक चलाउँदा कहिलेकाहीँ आ’पत्ति’जनक तथा अ’नुपयुक्त पोष्ट हुन सक्दछन् वा कसैलाई यस्तै मेसेज पठाउने जो’खिम हुन्छ । अहिले प्ले’स्टोरमा केही एपहरु पनि उपलब्ध छन् जसले र’क्सी से’वन गरेको बेला फेसबुक र अन्य सोसल मिडिया प्रयोग गर्न रोक्दछन् ।

३- ज’थाभावी सबैसँग फेसबुक साथी बन्नु

फेसबुकको फ्रेण्ड लिस्टमा ६ सय जना मानिस हुनुको अर्थ तपाईंका ६ सय साथी छन् भन्नु होइन । त्यसैले जो सुकैलाई आफ्नो फेसबुकको साथी बनाउन छाड्नुहोस् । फेसबुकयस्तो प्लाटफर्म हो जहाँ तपाईंले आफ्ना निजी विषयहरु शेयर गर्नुहुन्छ र तपाईंसँग स’म्बन्ध र परिचय नै नभएको मानिसले तपाईंका त्यस्ता जानकारीहरु प्राप्त गर्नुको कुनै फाइदा छैन ।

४- प्रोफाइलमा प्रा’इभेसी सेटिंग्स नगर्ने

आफ्नो फेसबुक प्रोफाइलमा सबै कुरा जो सुकैले हेर्न पाउने गरी ‘पब्लिक’ गराउनु राम्रो होइन । आफ्नो स्कुलको नाम, कलेजको नाम, जन्मघर इत्यादिजस्ता विषयहरु सबैलाई देखाउनु भन्दा आफ्ना फेसबुक साथीहरुले मात्र देख्नेगरी प्रा’इभेसी सेटिंग्स गर्दा राम्रो हुन्छ । त्यस्तै फेसबुक पोष्टहरु पनि सम्बन्धित वा साथीहरूले मात्र देख्ने गरी प्राइभेसी सेटिंग्स गर्नु उपयुक्त हुन्छ ।

५- घर तथा कार्यालयको ठेगाना कार्यालय समय शेयर गर्ने

आफ्नो घरको ठेगाना, कार्यालयको ठेगाना, कार्यालय समयजस्ता कुराहरु फेसबुकको प्रोफाइलमा पब्लिक गर्नु राम्रो हुँदैन । यस्ता जानकारीहरु सार्वजनिक गर्दा कहिलेकाहीँ तपाईंको व्यक्तिगत जीवनमै स’मस्या आउन सक्दछ ।

६- बालबालिकाका तस्वीर तथा जानकारीहरु शेयर गर्ने

आफ्ना छोराछोरीका तस्वीर तथा भिडियोहरु अत्यधिक रूपमा फेसबुकमा शेयर गर्ने बानी हुन्छ कतिपय बाबुआमाको । कतिपयले त बच्चाको स्कुलको नाम, ठेगाना, कक्षा, साथीसंगी, घुम्न जाने ठाउँ, मन पराउने खानेकुराजस्ता कुराहरुको जानकारी समेत फेसबुकमा शेयर गर्दछन् ।

७- बच्चाहरुका यस्ता सं’वेदनशी’ल जानकारीहरु

फेसबुकमा सबैले थाहा पाउनेगरी शेयर गर्दा कहिलेकाहीँ ग’लत मा’नसिकता भएका मानिसहरुले फाइदा उठाउन सक्दछन् । त्यसैले फेसबुकमा आफ्ना बच्चाहरुको बारेमा धेरै कुरा शेयर नगर्दा राम्रो हुन्छ । यसले बालबालिकालाई अ’सुरक्षित हुनबाट बचाउँदछ ।

८- फेसबुकमा धनमाल प्रदर्शन आफु धनी छु भन्ने कुरा

फेसबुकमा सो गर्नु आवश्यक नहुने मात्र होइन प्रत्युत्पादक पनि हुन सक्दछ । यदि तपाईंले नयाँ कार किन्नुभयो, नयाँ घर किन्नुभयो, नयाँ लगानी गर्नुभयो भने फेसबुकमा हल्ला न’पिटट्नु नै बेस हुन्छ । आफ्ना यस्ता वित्तीय जानकारीहरु गो’प्य नै राख्न राम्रो हुन्छ ।

९- फेसबुक पोष्ट वा मेसेन्जरमा गा’ली गर्नु फेसबुकमा अ’पशव्द

अ’पशव्द लेखेर कसैलाई दु’व्र्यवार गर्नु वा कसैलाई मेसेन्जरमा अ’श्लील शव्दहरु लेखेर मेसेज पठाउनु निकै घा’तक हुन सक्दछ । मानिसहरुले तपाइँले पठाएका यस्ता सन्देश वा गरेका यस्ता पोष्टहरुको स्क्रिनसट राखेर भविष्यमै तपाइँकै बे’इज्जतीका लागि प्रयोग गर्ने सम्भावना हुन्छ ।

१०- पासपोर्ट, जहाज टिकट, बैंक स्टेटमेन्ट तथा प्रमाणपत्रको फोटो फेसबुकमा राख्ने

आफ्नो राहदानी, नागरिकता, बैंक खाता विवरण जस्ता निजी कागजातहरुका तस्वीर खिचेर फेसबुकमा हाल्ने बानी हुन्छ कतिपयको । कसैले त बारकोड सहितका यस्ता डकुमेन्ट समेत फेसबुकमा हालिदिन्छन्, जसबाट व्यक्तिको सम्पूर्ण जानकारी अन्य मानिसले पत्ता लगाउन सक्दछन् । त्यसैले आफ्नो बारेमा ‘शो’ गर्नका लागि यस्ता निजी कागजातहरु फेसबुकमा पोष्ट नगर्नुहोस् ।

११- जो सुकैलाई ट्याग गर्न दिने

फेसबुकको अर्को टाउको दु’खाई भनेको फोटो ट्यागिङ हो । त्यसैले फेसबुकको प्रा’इभेसी सेटिंग्समा परिवर्तन गरी जो सुकैले आफुलाई ट्याग गर्न नसक्ने र गरेको ट्याग आफ्नो वालमा देखाउनका लागि अप्रुभ गर्नुपर्ने बनाउनुहोस् ।

१२- अपरिचित तथा स’म्पर्कै नभएकालाई पनि नहटाउने 

आफ्नो फेसबुकमा भएका साथीहरुको सूचि बेला बखतमा हेर्नुहोस् र समीक्षा गर्नुहोस् । कुनै व्यक्ति तपाइँको साँच्चीकै साथी हो ? के फेसबुकमा साथी बनाइराख्न उपयुक्त छ ? के त्यो व्यक्तिगत फेसबुकमा अन्तरक्रिया हुन्छ ? भन्ने कुराको आधारमा फ्रेण्ड लिष्टमा भएका मान्छेहरुलाई हटाउने वा राख्ने निर्णय गर्नुहोस् । जो सँग फेसबुकमा वर्षौँसम्म पनि स’म्पर्क भएको छैन, तपाइँका फेसबुक पोष्टहरुप्रति सदैव निस्क्रिय छ । त्यस्तालाई फेसबुकको फ्रेण्डलिष्टमा राखिराख्नु आवश्यक हुँदैन ।

वास्तवमा फेसबुकजस्ता सोसल मिडिया भनेको आफ्ना साथीसंगी तथा आफन्तहरुसँग सजिलैसँग स’म्पर्क तथा सञ्जालमा रहनका लागि हो । तर जब साथीसंगी र आफन्तसँगको स’म्बन्ध नै फेसबुकका लाइक र क’मेन्टबाट निर्धारण गर्न थालिन्छ, तब समस्या उत्पन्न हुन सक्दछ । फेसबुक प्रयोग गरिरहँदा हामीले यस्ता धेरै ग’ल्तीहरु गरिरहेका हुनसक्छौं, जुन हाम्रो गो’पनीयता तथा सामाजिक जीवनका लागि हा’निकारक हुन सक्दछन् । त्यसैले फेसबुक प्रयोग गर्दा यी माथीका १२ ग’ल्ती नगर्नुहोस्।अनलाईन खबर बाट।

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार १५:३६