एकै दिन थप १७० जनामा को’रोना पुष्टि : सं’क्रमितको संख्या १२ सय १२ पुग्यो

काठमाडौं : शुक्रबार एकै दिन १७० जनामा को’रोना भा’इरस (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै सं’क्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने को’रोनाका कारण ६ जनाको मृ’त्यु भइसकेको छ।

जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको पीसीआर रि’पोर्ट पोजिटिभ आएको हो । उनको स’म्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको को’रोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै को’रोना जित्नेको संख्या २०६ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। सं’क्रमणको आ’शंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार ११:०७