भारतबाट आएकी महिलाले क्वारेन्टाइनमै जन्माइन् शिशु

अछाम : अछाममा एक महिलाले क्वारेन्टाइनमा बच्चा जन्माएकी छिन् । मेल्लेख गाउँपालिका ३ ठाटीको क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माएकी हुन् । मेल्लेख गाउँपालिका ३ ठाटी बगुडा घर भएकी २६ वर्षीय सुना नेपालीले शुक्रबार छोरालाई जन्म दिएकी छिन् ।

उनी जेठ ११ गते भारतको दिल्लीबाट आएकी थिइन् । सुना जेठ १३ गते देखि ठाटीको नवदुर्गा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी थिइन् ।

शुक्रबार बिहानैदेखि उनलाई व्य’था लागेपछि ठाँटी स्वास्थ्य चौकीका अनमि सम्झना सिँहले बर्थिङ सेन्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित क्वारेन्टाइनमा पुगेर सुरक्षित सुत्केरी गराएको ठाँटी स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र शाहले जानकारी दिए।

बच्चाको तौल ३ केजी ५सय ग्राम छ । अहिले आमा छोराको स्वास्थ्य अवस्था समान्य रहेको शाहले बताए । सुनालाई सुरक्षित तरिकाले स्वास्थकर्मीको नि’गरानीमा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लोकबहादुर वोहराले बताए ।
गीता कुँवर/अन्नपूर्ण पोष्ट

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार १०:३५