जिमले जुराएको जोडी

अमित चन्द्र आर्य र सनम मुलगुठी बडिबिल्डर हुन्। अमित सन् २०१७ मा भएको मिस्टर काठमाडौँ र मिस्टर भ्याली प्रतियोगिताको गोल्ड मेडलिस्ट हुन्। त्यस्तै मिस्टर भक्तपुर २०१८ को गोल्डमेडालिस्ट हुन् भने सनम २०१८ मा भएको मिस्टर भक्तपुरको महिला तर्फको गोल्ड मेडलिस्ट हुन्। प्रेमी–प्रेमिका उनीहरु ललितपुरको फिटसपमा बडिबिल्डरको रुपमा काम गर्छन्। दुवै जनासँग प्रजु पन्तले गरेको प्रेमिल अन्तरंग:

के छ खबर ?
अमित : सबै ठीक छ।
सनम : (हाँस्दै) हेर्नु त, अघि भर्खर यहाँ ठो’क्किएर सानो घा’उ भयो। (कान्छी औँला देखाउँदै) यो औँलाबाहेक सबै ठीक छ।

के भएको नि ?
सनम : ढोकामा चे’पिएछ।
तपाईंहरुको दैनिकी कसरी चल्दैछ ?
अमित : बिहान उठ्यो जिम आयो। नर्मल्ली साढे पाँचमा उठ्छु। मिल (खाना) प्रिपेरेसन गरेर यहाँ आउँछु लाबिम मल। कहिलेकाहीँ मामुले बनाउनुहुन्छ। मेरो मिल बनाउन त्यति गा’ह्रो छैन। तरकारीहरु उसिन्यो, त्यस्तै हो। साढे ६ मा अफिस आयो। त्यसपछि दिनभरि यतै काम गरिन्छ। राति १० बजेसम्म व्यस्त हुन्छु।
सनम : मेरो पनि सेम नै हो।
अमित : किनकि हाम्रो ड्युटी त उही हो। वर्कआउट गर्नु, जिम गर्न आउनेहरुलाई सिकाउनु। ६ बजे देखि ९ ड्युटी हुन्छ। आफ्नै पनि हुन्छ फेरि।

काम पनि एउटै गर्ने, ठाउँ पनि एउटै। खासै छुट्टिनु त नपर्ने रहेछ है ?
दुवै जना हाँसे।
अमित : खासमा ऊ पहिले रेडियोलोजिस्ट हो। पहिला उसले मलाई जिममा देखेकी हो। अलिकति ऊ अन्डरवेट थिई। मेरो जिममा आउँदा मैले उसलाई अलि बढी केयर गर्थें। त्यसपछि ल’भ प-यो। (हाँस्दै..) अनि त उसको वेट बढ्यो।
सनम : कहाँ त्यति मात्रै हुन्छ ? आफू मेडिकल आउने गरेको कुरा खै गरेको त ? त्यतिमै लभ प-यो रे ! (हाँस्दै..)
अमित : अँ, मेरा साथीहरु थिए मध्यपुर थिमी अस्पतालमामा। म पनि जान्थेँ। त्यो बेला देख्थेँ।

सनम : उसले मलाई भक्तपुरको गेममा देखेको थियो। अनि रिक्वेस्ट गरी गरी आऊ भन्ने के !
अमित : त्यो गेममा मैले गोल्ड मेडल पाएको थिएँ। ऊ अगाडि भएपछि त झन् रमाएँ।

सनम : मेरो लुगा पनि बिगारी दिएको थियो यो मान्छेले !
अमित : ट्या’नले टाँस्यो भने त्यस्तो हुन्छ के ! त्यसले बि’गार्छ, मैले बिगारेको होइन।


रेडियोलोजिस्ट भइसकेको मान्छे, किन यो क्षेत्रमा त सनमजी ?

सनम : अँ, म मध्यपुर थिमी अस्पतालमा काम पनि गर्थें। (लामो हाँसो)

भन्न अ’प्ठ्यारो लाग्यो हो ?
सनम : हैन त्यो टाइम सम्झिउँ पनि कसरी भनेर ! खासमा उसले गेम हेर्न बोलाएको थियो अनि गएँ। उनीहरुको बडी हेरेर एकदमै राम्रो लाग्यो। बडी सो गर्दा जति पी’डा भए पनि स्माइल दिइरहेका हुन्छन्। ऊ त मज्जाले स्माइल दिइरहेको छ स्टेजमा। अनि बाहिर आएपछि त गा’ह्रो भयो भन्न थाल्यो। ठ्या’क्क हस्पिटलको अगाडि नै जिम थियो। जिमहरुको दाइहरु आइरहनुहुन्थ्यो। त्यतिबेला नै यो मान्छे राम्रो लाग्न थाल्यो। (अमितको गालामा प्या’ट्ट हा’न्दै) म पनि जिम जान थालेँ, त्यसपछि त लभ प-यो।

अमितजीले रिक्वेस्ट गरेपछि जिम ज्वाइन गर्नुभा हो ?
सनम : अँ उसले नि आऊ भन्यो, अनि म पनि गएँ।

अमितजीलाई सुरुमा देख्दा कस्तो लाग्थ्यो ?
सनम : सुरुमा कस्तो खालको मान्छे रै’छ जस्तो लाग्थ्यो। जिमखाना जाँदा नोटिस त गरिराहुन्थेँ। जिमखानामा पार्टेसन हुन्छ। ऊ भएको रुममा म जाँदिन थेँ। अहिले उसलाई कतै जान दिन्नँ (दुवै जना हा’इफाइभ गर्दै हाँस्दै।)

जिम ज्वाइन गरेपछि नै रेडियोलोजिस्ट छाड्नुभएको हो ?
सनम: हैन एक वर्षसम्म त ब्यालेन्समा मिलाएर लगेको थिएँ। रेडियोलोजिस्ट भएर तीन वर्ष काम गरेँ।

जिम चैँ सोख थियो सनमजी को ?
अमित : हैन, सुरुमा वेट बढाउन गएँ। बिस्तारै केटीहरुको पनि गेम हुन थाल्यो। पहिला केटीहरुको खासै गेम हुँदैनथ्यो। पछि हुन थाल्यो। अनि मैले उसलाई तिमी पनि खेल्न पर्छ भन्न थालेँ। फस्ट गेममा भाग लिनेबित्तिकै थर्ड भएँ। भक्तपुरको मध्यपुर फिजिकल फिटनेसमा सिक्थ्यौँ।

अमितजीले फिटनेस सुरु गर्नुपर्ने कारण ?
अमित : पहिले मेरो परिवारको आ’र्थिक सं’कटमा नै थियो। के गरौँ के गरौँ भइरहेको थियो। टोलका केटाहरु भन्दा म सिन्के थिएँ। मलाई दामी ज्यान बनाउन मन लाग्यो। अनि मामुले जा भन्नुभयो। दाइले त जिम गयो भने गु’ण्डा हुन्छस् भन्नुभएको थियो। त्यही भएर बुबाले पनि भयो नजा भन्नुभयो। घरमा दाइ र बुबालाई थाहा नदिई जान थालेँ। दुई वर्षपछि साउदीमा ट्रेनरको भ्याकेन्सी खुलेको थाहा पाएँ र गएँ। करिब साढे ६ वर्ष ट्रेनर भएँ। बीचमा बिरामी भएँ र त्यसले वेट धेरै बढ्यो। फेरि जिम ज्वाइन गरेँ। त्यहाँ सिकाउँदै थिएँ। तीन महिनामै २७ केजी घटेँ।

सनमजीलाई के भने त घरमा ?
सनम : मेरो घरमा त कसैलाई पनि थाहा हुँदैन्थ्यो।


भनेपछि जिम सिक्दै छ भन्ने थाहा थिएन ?

सनम : थाहा त थियो तर प्रतियोगितामा भाग लिने कुरा चाहिँ थाहा थिएन। एक दिन बिहानै कम्पिटिसनमा भाग लिन हिँड्न लागेकी थिएँ। मामुले कहाँ जान ला’ भनेर भन्नुभो ? जुम्बा कम्पिटिसन भनेर ठ’गेँ। त्यसपछि त ठ’ग्ने मेलो पाइहालेँ। एक दिन बाबा चिया खान ग’को बेला कसैले पत्रिका देखाइदिएछ। फोटोमा मैले पुरस्कार जितेकी थिएँ। अनि त घरमा म’हाभारत भइहाल्यो।
अमित : घरका मान्छेहरुले त्यत्रो पैसा लगाएर पढायो। त्यो प्रोफेसनमा लाग्यो। त्यही भएर पनि होला !
सनम : घरमा कोही नबोल्ने भए। मामाहरु पनि रि’साएर बोलेनन्।
अमित : बुबा–आमालाई भन्दा पनि आफन्तले बढी कुरा सुनाउने, के !

सनम : भोजहरुमा पनि जान्न थेँ। मामाहरु डाइरेक्ट नबोल्ने। अनि बहिनीहरुलाई पनि नबोल्दिए हुन्थ्यो योसँग जस्तो गर्ने। इन्टरनेसनल नेसनल गेमहरुमा मैले त्यस्तो लुगा लगाएँ नि त ! हाम्रो संस्कृति के भो भन्ने उहाँहरुले इभन मेरो भाइले पनि दिदी हजुरले कस्तो लुगा लगाएको भन्ने के ! पछि प्राइजहरु जित्दै गएपछि भने बडी कसरी बनाउने भनेर सोध्न थाले उल्टै ! गोल्ड मेडल जितेपछि परिवारले राम्रो मान्न थाल्नुभयो। म मेरी दिदीलाई सबैकुरा सेयर गर्छु। दिदीले सपोर्ट गरिरहनुभयो। उहाँले विवाहअघि त हो चाहेजस्तो गर्ने भनेर घरकालाई सम्झाउनु भयो। अनि त घरकाले पनि केही भन्नुभएको छैन।

अहिले त घरमा गा’ह्रो छैन ?
अमित : हाम्रो नेपाली समाज भेडा समाज हो। डाक्टर, इन्जिनियर नै हुनुपर्छ भन्ने मान्यता राख्ने। अरु त केही हुन्न भन्ने सोच्ने। उसको परिवार सबै मेडिकल बाटो जा भन्नुहुन्थ्यो।

तपाईंले यता फो’र्स त गर्नुभएन नि ?
अमित : मलाई पनि भेडाबाख्रा बन्नु भनेको मन पर्दैन। भनेको भए पनि टेर्दिन थिएँ।
सनम : यस्तो भयो नि, हाम्रो लभ प¥यो। ऊ ए’ग्रेसिभ हुन्छ भन्ने घरकालाई थाहा थियो। मेडिकल लाइनमा हुँदा उसको बारेमा केही थाहा थिएन। जिम ज्वाइन भएपछि सबै थाहा हुन थाल्यो। उसलाई पनि जिम ज्वाइन गर्छु भन्दा उसले पनि हुन्छ भन्यो। सँगै पनि हुन पाइन्छ भन्ने लोभ लाग्यो होला, उसलाई त ! (हाँस्दै)

भक्तपुरे नेवारको त बि’किनी लगाउने चलन हुँदैन। सुरुमा कसरी प’चाउनु भयो ?
सनम : हाम्रोमा हाफ पाइन्ट त अलाउड छैन, अरुको त के कुरा !
अमित : उसलाई छोटा लुगा लगाउने रहर थियो। उसकै छोटा लुगा पनि देखाएकी थिई, लगाउन पाइएन भनेर। (हाँस्दै)

सनम : घरमा त मैले अहिलेसम्म बि’किनी लगाएको फोटो देखाएकी छैन। राम्रो लाग्छ तर लगाउनै नपाउने। बि’किनी लगाउनुपर्छ भन्दा म त गेम नै नगर्ने अवस्थामा पुगेकी थिएँ। तर उसले मोटिभेट ग-यो। (अमित तिर हेर्दै) उसले मलाई सुरुमा उठ्ने बेला भो, खाने बेला भयो भनेर कल गर फोटो पठाऊ भनेर सम्झाउँथ्यो। म धेरै अण्डा खान्थेँ कि आन्टीहरुले त कुखुराले त हिजोआज अण्डै पार्न छोड्यो भनेर व्यंग्य गर्नुहुन्थ्यो। (हाँस्दै) त्यतिबेला लाग्थ्यो, मेरो पनि पालो आउँछ। अहिले सबैले कसरी घट्ने भनेर मलाई सोध्नुहुन्छ। मलाई मज्जा लाग्छ।

यो गेममा त अन्यमा भन्दा बढी मिहिनेत गर्नुपर्ने है ?
अमित : मिहिनेत त सबैमा गर्न पर्छ तर आफूलाई जे कुरामा मज्जा लाग्छ, त्यसमा अनुशासित हुँदा अझ रमाइलो। बाहिर खाना खाँदिनँ…आफैँ बोक्नुपर्छ…
(बीचैमा का’ट्दै )

सनम : डे’टिङ जाँदा पनि के गर्छ थाहा छ यो मान्छे ? (अमिततिर हेर्दै) टिफिन बोक्छ। मान्छे घुम्न गइराछ, मस्ती गर्नुछैन, साथीहरुको ग्रुपमा पनि टिफिनकै खाना खान्छ।

के बोक्नुहुन्थ्यो ?
अमित : सादा अण्डाहरु रोटीहरु लगिन्थ्यो।
सनम : पिकनिक हो कि घुम्न गा’को थाहा नहुने के !
अमित: बाहिरको कुरा खान्न थेँ त लानु परेन ?
सनम : घुम्न गएको दुई घण्टा पनि हुँदैनथ्यो, घर फर्किन हतार भइहाल्ने !

अमित : मलाई खासै घुम्न जान मन नपर्ने नि त !
सनम : कहाँ हुनु ? पहिला त घुमौँ घुमौँ भन्थ्यौ त ! जब गर्लफ्रेन्ड भएँ अनि घुम्नै जान छाडिदियो।

कन्फर्म भएर हो अमितजी ?
अमित : (हाँस्दै) हैन…हैन डाइट बि’ग्रन्छ भनेर हो।
सनम : पहिला चैँ डाइट बि’ग्रन्न थियो त ? (हाँस्दै) यो ठाउँ, ऊ ठाउँ जाऊँ भन्थ्यौ त !

अहिले ?
सनम : अहिले त डेटिङ भने पनि सेटिङ भने पनि यहीँ हो। सँगै १० बजे रातिसम्म यहीँ भइन्छ।

वर्क आउट गर्न क’त्तिको गा’ह्रो ?
अमित : कुनै पनि कुरा बडीले एडप्ट गर्ने हो। आफूले जता लग्यो, त्यतै लाने हो। सुरुमा त गा’ह्रो हुन्छ नै। पछि त बडीले एसेप्ट गरिहाल्छ। जिम गर्नेहरु भन्छन् नि, ज्या’न दु’ख्छ भनेर। खासमा त्यस्तो हुन्न। पे’न भएन भने झन् मजा नै आउँदैन।
सनम : सुरुमा त गा’ह्रो हुन्थ्यो। पहिला दु’ख्थ्यो पनि अहिले दु’खेन भने किन दु’खेन के भएछ भन्ने लाग्छ।
फोटो त ख’तरा राख्नुहुन्छ है फेसबुक इस्टातिर ! घरमा के भन्नुहुन्छ ?
सनम : मेरो परिवारलाई त थाहा छैन।

कामको बारे त अ’प्ठेरो सजिलो छँदैछ। जेन्डरको कारण पनि थप गा’ह्रो हुने है ?
अमित : टिपिकल नेवारमा गाह्रो हुने रहेछ।
सनम : अँ धेरै गा’ह्रो। अस्ति म फस्र्ट भएपछि भने सजिलो हुँदै गएको छ। पहिला केही खाँदैन, कस्ती केटी हो भन्थे। अहिले के खान्छौ र ज्यान बनाउँछौ भनेर सोध्छन्।
अमित : केही अचिभमेन्ट नहुँदासम्म हो भाउ नदिने। बिस्तारै जित्दै गएपछि त्यो हट्दै जान्छ।

घरमा कचकच गरेपछि छोड्दिउँ भन्ने लागेन ?
अमित : मेरो घरमा पनि त्यस्तै हो। मेरो दिदीलाई मेकअप आटिस्ट नबन भन्ने कुरा भएको थियो। उहाँ बन्नुभयो। अहिले दुबईमा काम गर्नुहुन्छ। राम्रो भएको छ। मामुले सपोर्ट गरिरहनुभएको छ। एकैचोटी एसेप्ट हुन्न नि ! बिस्तारै हुन्छ।

कसरी अघि बढ्ने योजना छ त ?
अमित : म खासै भविष्यमा विश्वास गर्दिनँ।
सनम : नेशनल इन्टरनेसनल गेममा सहभागी हुने योजना छ।

कस्ता–कस्ता मानिस जिम सिक्न आउँछन् ?
अमित : जिम सिकेपछि खाने कुरामा पनि निकै ध्यान दिनुपर्छ अनि नियमित त गर्न परिहाल्यो। धेरैले मेरो ज्यान कहिले घट्छ भन्नुहुन्छ। खासमा जिम आउँदैमा ज्यान घट्ने हैन। सन्तुलित भोजन र सन्तुलित एक्सरसाइज हुनुपर्छ। कति क्यालोरी खाने भनेर पनि याद गर्नुपर्छ।

हाम्रोमा त क्यालोरी नापेर खाने चलन छैन है ?
अमित : कुन खाने कुरामा कार्बाेहाइड्रेट प्रोटिन पाइन्छ भनेर ख्याल गर्नुप¥यो। धेरै तलमाथि गर्नुभएन। कहिले थोरै, कहिले धेरै गर्नुभएन।

सनमजीले सिकाउने लेडिलाई कि जेन्सलाई ?
सनम : दुवैलाई हो। महिलाहरुको पेट ड्या’म्म हुन्छ, कसरी घटाउने भन्नुहुन्छ। उहाँहरुले मेरो पे’ट देखाउँदै यस्तै बनाउने भन्नु हुन्छ। छोराछोरीलाई पकाएको चा’ख्दाचाख्दै मोटाइछु भन्नुहुन्छ। रमाइलै छ काम !

सनमजी मि’न्स भएको बेला गा’ह्रो हुन्छ हो ?
सनम : पेट दुखि’रा हुन्छ नि ! नर्मल्ली अघिपछि ५ केजी उचाल्थेँ भने मिन्स भएको बेला साढे सात केजी उचाल्छु। मलाई के लाग्छ भने पेटकोे पे’न अरु ठाउँमा सर्छ।
अमित : धेरै गा’ह्रो हुने ए’क्सरसाइज गरे केही हुन्न के !

पा’ठेघरै झ‘र्छ भन्छन् नि ?
सनम : मेरो मामुले नि त्यही भन्नुहुन्छ। नेपालमा मात्र हो त्यस्तो। अरु देशमा त प्रेगनेन्ट भएकाहरुले जिम गरिरहेका हुन्छन्।
अमित : ७/८ महिनाको प्रे’ग्नेन्सीले स्क्वाट गरिरहेको हुन्छ। यो त प्राकृतिक हो नि ! खेल्दैमा केही हुन्न।

केटीहरु प्र’तिस्पर्धामा जाने भनेर कतिको आउँछन् ?
सनम : करियर बनाउँछु भनेर आउँदैनन्। मलाई लाग्छ बि’किनी लगाउनुपर्छ भनेर आउँदैनन्।
अमित : कार्यक्रम पनि धेरै हुन्न। बडी मेन्टेन गर्न पैसा धेरै लाग्छ नि ! ४० देखि ६० हजारसम्म खर्च लाग्छ मासिक।


आय–व्यय कसरी मिलाउनुहुन्छ ?

अमित : हेल्थ भए वेल्थ हुन्न, वेल्थ भए हेल्थ हुन्न नि !

घरमा कमाउनुपर्छ भन्दैनन् ?
अमित : मलाई धेरैले चिनिसके। म भन्ने गर्छु, म तपाईंहरुमा आश्रित छैन। तपाईंहरु पनि नहुनु।
सनम : मेडिकलमा गर्दा खेरि त अलिअलि हुन्थ्यो। अहिले त मेन्टेन गर्दैमा पैसा सकिन्छ।
अमित: घरका मान्छेहरुले जिमखाना खोले हुन्थ्यो भन्छन् तर नेपालमा जताततै छ जिमखाना। स्टान्डर्ड खोलेन भने चल्दैन। एक्स्ट्राको लागि खर्च पनि बढी लाग्छ। सरकारले ल’क्जरियस ट्याक्स बढी लिएर होला सायद। सरकारले यो कामलाग्ने कुरा हो भन्ने सोच्दै सोच्दैन। खेलाडीप्रति कुनै चासो छैन। गु’नासो गरेको हैन तर खेल्न वातावरण सिर्जना गरिदिए हुने।

बाहिर जाने सोच छ ?
अमित : कहिलेकाहीँ त जाउँ कि जस्तो पनि लाग्छ। यहाँ जत्तिकै गर्ने हो भने त बाहिर धेरै कुरामा सजिलो हुन्छ। खेलाडीहरुलाई राष्ट्रको गहना भन्छ तर काममा लगाउने र थन्काउने भएको छ। राजनीति गर्नेहरुको सोच सीमित दायराबाट माथि उठ्नुप-यो।
सनम : चा’न्स पायो गरिन्छ नि, हैन !

जिम छाड्यो भने मोटाइन्छ रे है ?
अमित :सन्तुलनमा त हुनै प-यो नि !

पछिल्लो समय फिटनेसमा नेपालीहरु बढेको हो ?
अमित : सुरुमा १० वर्षअघि त टोले गु’ण्डा बालुवाखानीमा काम गर्ने मात्र आउँथे। अहिले डाक्टरले पनि जिम जानु भन्ने सल्लाह दिन थालेका छन्। फिटनेसको महत्व बढ्दै गएको छ।

इन्टरनेसनल कुन प्लेयरलाई फलो गर्नुहुन्छ ?
सनम : जे भने नि मैले त उसैलाई फलो गर्ने हो। (अमिततिर हेर्दै) केटीको भन्दा केटाको बढी पोज आउँछ।
अमित : म चाहिँ आर्नोल्ड स्वेजनेगरलाई फलो गरिरहेको हुन्छु।

अब प्रेमको कुरा गरौँ है, फस्र्ट डेटिङ कस्तो भयो ?
अमित: सुकुटे बिच गइएको थियो। रमाइलै भयो।

कस्तो भयो ?
सनम: कस्तो भयो भन्देऊ त ! समाएर पानीमा फालिदिने। (हाँस्दै) भन्देऊ न, के भयो ?
अमित : त्यस्तै थियो (हाँस्दै)
सनम : न पौडी खेल्न आउँछ, न केही थाहा छ। च्या’प्प पक्डे’र फुत्त नदीमा फाल्दिने के ! (रि’साएजस्तो गर्दै)
अमित : बूढापाकाले त्यसरी नै फाल्ने भन्थे के रे ! पौडन सिकाउने त्यसरी नै होला भन्ने लाग्यो अनि फ्या’लिदिएँ।
सनम : स’माको छ… फालेको छ। आफूले त फाल्यो नै अरुलाई पनि बोलाएर फाल्न लगाएर है’रान ! चिसोले एक हप्तासम्म त मेरो आवाज नै आएन।

अनि सिक्नुभयो त ?
सनम : थोरैथोरै सिकेँ नि ! (हाँस्दै) मेरो घरमा तिम्रो निकनेम के हो भन्दिम ?
अमित हाँसिरहे मात्र।

तपाईंहरुको सम्बन्ध घरमा थाहा छ ?
सनम : जिम नजा भन्छन्। यस्तो कपाल पालेको मान्छे देखे के भन्लान् ? एकचोटी दशैँको बेला जात्रा थियो। रातिको समयमा बाबालाई भेट गराएकी पनि थिएँ। त्यतिबेला अँ मात्र भन्नुभाथ्यो बाबाले। पछि उसले तिम्रो बुबालाई फोन गर्छु भन्यो। फोनमा त सिधै म तपाइको छोरी मन पराउँछु दिनु भन्यो।
अमित: के–के छ रिक्वायरमेन्ट भनेर सोधेको, उहाँले केही भन्नुभएन।
सनम : बाबाले त म घर पुग्नेबित्तिक्कै हाँस्दै आज नचिनेको नम्बरबाट तिम्रो छोरी देऊ भनेर कल आयो भन्नुभयो। म हाँसिरहेँ। त्यतिबेला भन्नुभयो, कत्ति न मैले छोरीलाई सेलमा राखेजस्तो !
(दुवैजना मज्जाले हाँसे)

निकनेम भन्दै हुनुहुन्थयो नि ? घरमा के निकनेम राख्नुभाछ ?
सनम : हाकु काले।

तराईको मान्छेलाई कालो जाति भनेर हेप्छन् है ?
अमित : मलाई त केही फरक पर्दैन।
कहिले एक हुने त अब ?
सनम : भन्देऊ रे !
अमित : छिटै होला।

एकअर्काको मनपर्ने र मन नपर्ने बानी ?
सनम : यो मान्छेको मन नपर्ने बानी भन्यो भने त लामो हुन्छ होला ! (हाँस्दै)
अमित : राम्रो बानी केयर गर्छे, नराम्रो चैँ रि’साउँछे।
सनम : म रि’साउँछु ? साँच्चै ? (गा’लामा प्या’ट्ट हा’न्दै)
अमित: हो त !

सनम : उसले सबैलाई मोटिभेट गरिरहेको हुन्छ। त्यो राम्रो लाग्छ। नराम्रो चैँ अकस्मात् रि’साइरा’ हुन्छ।
झ’गडा परेर नबोलेको पनि छ कि ?
सनम: त्यस्तो छैन है !
फुर्सदको बेला के गर्नुहुन्छ ?
सनम : कार्टुन मुभी आयो भने हेर्न जान्छौँ।

भ्यालेन्टाइन्स डेको योजना के छ त ?
सनम : खै हेरम् !

अमित चन्द्र आर्य र सनम मुलगुठी बडिबिल्डर हुन्। अमित सन् २०१७ मा भएको मिस्टर काठमाडौँ र मिस्टर भ्याली प्रतियोगिताको गोल्ड मेडलिस्ट हुन्। त्यस्तै मिस्टर भक्तपुर २०१८ को गोल्डमेडालिस्ट हुन् भने सनम २०१८ मा भएको मिस्टर भक्तपुरको महिला तर्फको गोल्ड मेडलिस्ट हुन्। प्रेमी–प्रेमिका उनीहरु ललितपुरको फिटसपमा बडिबिल्डरको रुपमा काम गर्छन्।

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार १०:२५