कर बढेसँगै महंगियो सुनको भाउ, प्रतितोला साढे २ हजार ३ सय बढ्यो

काठमाडौं – आर्थिक वर्ष २०७७/७८ को बजेट घोषणा सँगै कर बढेपछि सुनको भाउ पनि बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३३२ रुपैयाँ बढेको छ ।सरकारले बजेज भाषण भार्फत कर वृद्धि गरेपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब २ हजार ३३२ रुपैयाँ थपिने भएको हो ।

चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि सरकारले दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ ।

यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार ०८:४१