मंगलबारको दिन विर्सिएर पनि नगर्नुहेस यी  २० काम

मंगलबारको दिन विर्सिएर पनि नग्नुहोस् यी २० काम
मंगलबार विशेषगरी गणेश र हनुमानको आराधना गर्ने दिन हो । यस दिन भगवान श्री गणेशजीको आराधना गरे सम्पन्नता तथा सन्तान सुख मिल्ने र श्री हुनमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ । यस मंगलबारको दिन यी दुई भगवानको आराधना गरे पुर्णता लाभ मिल्नेछ । तर पनी केहि कामहरु छन जुन मंगलबारको दिन गर्न निषेध गरीएको छ ।
धर्मशास्त्रका अनुसार यस दिन ति काम गरेमा हानि/नोक्सान हुने साथै जीवनमा समस्या बढ्ने कुरा बताईएको छ ।
के के हुन् त मंगलबार गर्न नहुने कामहरु:

१.मंगलबारको दिन नङ काट्नु हुँदैन ।
२.मंगलबारको दिन कपाल वा दारी काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने डर हुन्छ ।
३.मंगलबारको दिन धारिलो बस्तुको किनमेल गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं आदि।
४.मंगलबार झुक्किएर पनि आमासंग चर्को स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।
५.मंगलबाको दिन मदिरा सेवन गर्नु हुँदैन यसले क्रोध वढाउने र आपराधिक मानसिकता बनाउछ ।
६.मंगलबारको दिन झगडा गर्नु हुँदैन । आफ्नै ईज्जत खतरामा रहन्छ ।
७.मंगलबारको दिन पशु बलि दिनु पनी हुँदैन । नत्र सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
८.मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुने सम्भावमा रह्न्छ ।

९.पैसाको लेनदेन पनी हानिकारक मानिन्छ । यसले धन हानि हुने उच्च संभावना रहन्छ ।
१०.मंगलबार कालो रंगको कपडा लगाउनु पनी गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु भने उत्तम हुन्छ ।११. फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।
१२.मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक कष्ट बनाउने गर्दछ ।
१३.मंगलबारको दिन मासुको पनि खानु राम्रो मानिदैन । मंगलबार मासु खँ“दा नातासम्बन्धमा क्षय हुन्छ ।
१४.यसदिन ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलिय/मिठो परीकार सेवन राम्रो मानिदैन ।
१५.हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।

१६.मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूरै शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन ।
१७.मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । हवन सामाग्री पनी धरमा भित्राउनु हुदैन ।
१८.यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । वैवाहिक सम्बन्धमा कष्ट ल्याउन सक्छ ।
१९.मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन तर भगवानलाई चढाउन भने सक्नुहुन्छ ।

२०. मंगलबार कसैसंग झुटो बोल्नु पनी हुँदैन । अन्यथा हानि निम्त्याउन सक्छ । बरु नबोल्नु नै जाति हुन्छ ।
बाँकि समय यहाँको शुभ-मंगल रहोस् !

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ००:५४