पानी जमेको खाल्डोमा परेर १६ महिने बालकको गयो ज्यान

सप्तरी- रुपनी गाउँपालिका-२ पौवा बस्ने सियाराम मण्डलको १६ महिनाको छोरा आयुष मण्डलको घर नजिकै रहेको पानी जमेको खाल्डोमा परेर बुधबार दिउँसो मृ’त्यु भएको छ ।

खेल्ने क्रममा उक्त खाल्डोमा परेर अ’शक्त भएका उनको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृ’त्यु भएको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अ’नुसन्धान गरिरहेको छ ।

कैलाली- भजनी नगरपालिका(५ नयाँबस्ती बस्ने चक्र बिकको छोरा ९ वर्षीय निरज बिकको घर नजिकैको कान्द्रा नदीमा नुहाउने क्रममा डु’बेर बुधबार दिउँसो मृ’त्यु भएको छ ।

नदीमा डुबेर अ’सक्त भएका उनलाई तत्काल उद्दार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार १०:५३