मासिक श्रा’वको बेला पुरानो कपडा प्रयोग गर्दा के हुन्छ ?

मासिक श्रा’वको बेला सबैको निम्ती स्या’निटरी प्या’ड सहज उपलव्ध हुँदैन । खासगरी शहरी वा सुगम क्षेत्रमा सजिलै पाइएपनि कति ग्रामिण भेगमा यसको अ’भाव हुन्छ ।

हुन त स्या’निटरी प्या’ड सुरक्षित र आरमदायक मानिन्छ । यसको प्रयोग पनि सजिलो एवं छरितो हुन्छ । तर, जहाँ स्यानिटरी प्या’डको अभाव हुन्छ, त्यहाँ पुरानो कपडा प्रयोग गर्ने गरिएको छ । पुरानो साडी, बेडकभर आदिलाई प्या’डको रुपमा प्रयोग गरिन्छ । के पुरानो कपडाको प्या’ड प्रयोग गर्नु सहि हो त ?

-पुरानो कपडाको प्या’ड बनाएर लगाउँदा अतिरिक्त खर्च हुँदैन । स्या’निटरी प्या’ड खरिद गर्ने झ’न्झट पनि हुँदैन ।

-तर, यो स्यानिटरी प्या’ड जति सजिले र सुरक्षित भने हुँदैन । साथै विभिन्न किसिमको सं’क्रमणको भ’य पनि रहन्छ ।

-यद्यपी ढं’ग पु¥याएर सावधानीपूर्वक प्रयोग गर्ने हो भने पुरानो कपडाको प्या’ड बनाएर प्रयोग गर्दा कुनै हा’नी हुँदैन ।

-पुरानो कपडाको प्या’ड बनाएर प्रयोग गर्दा त्यसको सरसफाईमा भने ध्यान दिनुपर्छ । अलि थोरै थोरै समयमा बदलिरहनु पर्छ ।

-पुरानो कपडाको प्या’ड बनाउने हो भने सूती या कटनको कपडा सहि हुन्छ । यसले प्राइभेट अं’गमा हावा आउजाउ गर्न पनि सहज हुन्छ ।

– धेरै पुरानो कपडा भने प्रयोग नगरेकै राम्रो हो । किनभने यसले तपाईलाई एल’र्जी हुनसक्छ ।

-कपडाको प्या’ड धेरैबेर ओसिलो राख्नु हुँदैन । यसले सं’क्रमणको ख’तरा बढाउँछ ।

-यौ’नाङ्ग साथै कपडाको सफाईमा पनि एकदमै ध्यान दिनुपर्छ ।

– कपडाले बनाएको प्या’डलाई साबुन, डिर्टजेन्टले राम्ररी धुनुपर्छ । र, घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नुपर्छ ।

जहाँ स्यानिटरी प्या’डको अभाव हुन्छ, त्यहाँ पुरानो कपडा प्रयोग गर्ने गरिएको छ । पुरानो साडी, बेडकभर आदिलाई प्या’डको रुपमा प्रयोग गरिन्छ । के पुरानो कपडाको प्या’ड प्रयोग गर्नु सहि हो त ? यसको बारेमा केहि जानकारी माथी दिईसकेका छौ ।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार ०६:५२