बन्दा किलोको दुई रुपैयाँ !

तपाई काठमाडौमा बस्नुहुन्छ र तरकारीको मूल्य महँगो जस्तो लाग्छ भने भक्तपुरका किसानको दुः’ख त्यसको ठिक उ’ल्टो छ। लकडाउनका कारण उनीहरु खेतको बन्दा (बन्दाकोपी) प्रतिकेजी एक/दुई रुपैयाँमै बेच्न बा’ध्य छन्। जसबाट उठेको रकम खेतबाट थोकविक्रेतालाई बेच्न मुख्य बाटोसम्म पुरयाउनेलाई ज्याला दिन नै पुग्दैन। किसानको खेतबाट बन्दा बोक्न थोक विक्रेताले किसानको खेतखेत नजिककै मुख्य बाटोहरुमा गाडी पठाई तरकारी उठाउने गरिन्छ।

एकजना किसान शुशिल खायमलीको हिसावमा एक रोपनी खेतमा वन्दा रोप्न ६ हजार पाँच सय बोटका लागि प्रति बोट एक रुपैयाँको हिसावले ६ हजार पाँच सय रुपैयाँ खर्च हुन्छ। खेतमा राख्न दुई बोरा रासा’यनिक मलका लागि प्रतिबोरा एक हजार पाँच सयका दरले तीन हजार लाग्छ। यस्तै खेत जोत्नका लागि त्याक्टरको भाडा दुई हजार लाग्छ।

यसमा कुल मिलाएर ३० दिनको श्रमशुल्क प्रतिदिन ६ सय राख्दा कुल १८ हजार श्रमशुल्क हुन आउँछ। यसरी एक रोपनी खेतमा बन्दा लगाउँदा सालाखाला कुल २९ हजार पाँच सय खर्च हुन आउँछ। त्यही खेतमा फलेको सालाखाला दुई सय बोराको प्रतिबोराको ३० रुपँयामा थोक विक्रेतालाई विक्री गर्दा कुल ६ हजार उठने गरेको छ। यसहिसावले कृषिप्रधान देश नेपालमा एक रोपनीमा बन्दा लगाउँदा कुल २९ हजार पाँच सय ख’र्च हुन गएकोमा ६ हजार मात्रै उठेर किसानलाई २४ हजार पाँच सय रुपैयाँ घाटा हुन जान्छ।

अर्का किसान वीरबहादुर दुवालले आफूले अहिले ठूल्ठूलो (एउटाको घटीमा दुई किलोग्राम) भएको वन्दा प्रतिकिलो दुई रुपैयाँमा थोक विक्रेतालाई वेचेको बताए। एउटा ठूलो प्याष्टिकको झोला (जसमा सालाखाला २० किलो बन्दा अट्छ) मा प्रति प्यालिकको झोला ४० रुपैयाँमा बेचेको उनले जनाए। २० किलो प्रतिप्याकेटको ४० रुपँयामा भरेर बेचेको उनले सुनाए।

पानी पर्न सुरु गरेसँगै प्रतिकिलो दुई रुपैयाँमा पनि बेच्न नपाउने अव’स्था आएको किसानको दुः’खेसो छ। ‘अहिले पानी परेसँगै ध’माधम खेतमै बन्दा कु’हिन सुरु भएको छ, किसान रामकाजी शाखकर्मीले भने, ‘त्यसो भएपछि किन्नै आउँदैन र खेतमै कु’हिन्छ।’

यसो गरे युवा किसानले

भक्तपुर नगरका युवा सुविन सिखितूको परिवारको पुर्खाैली पेशा खेती किसानी नै हो। यसकारण उनको परिवारले पनि जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा नगदे वालीको रुपमा आठ आना भाडामा (कुत) मा लिएको जग्गाको क्षेत्रफलमा बन्दाकोपीको खेती गरेका छन्।

व्यवसायिक रुपमा प्रयोग गर्ने होटललगायतबाट आएकालाई दिएनौ, उनले थपे, बरु हेर्दा स’मस्यामा परेका जस्तो लाग्नेलाई मात्रै दियौं।

धेरैजसो किसानलाई जस्तै लकडाउनका कारण उनको बन्दा पनि विकेनन्। थोकमा खरिद गर्नेहरुले प्रतिकिलो दुई तीन रुपैयाँमा किन्न पनि आ’नाकानी गरे। आज आउँछु भोलि आउँछु भन्दा भन्दै बन्दा कु’हिन सुरु भयो। त्यसपछि उनको परिवारले एउटा जुक्ति निकाले, त्यहो लकडाउन पी’डित अ’साहाय पी’डितलाई निशुल्क वितरण गर्ने। अनि उनले खेतबाट बन्दाहरु गडीमा राखी भक्तपुरको दतात्रय चोक र सूर्यमढी चोकमा ओसारे।


अनि ठूल्ठूल्लो प्लाष्टिकको झोलामा प्रतिपोका १५ देखि २० किलोको प्याकेट बनाए र त्यसलाई निःशुल्क रुपमा लकडाउन पी’डित सकेसम्म अ’सहायक पी’डितहरुलाई वितरण गरे। मैले व्यवसायिक रुपमा प्रयोग गर्ने होटललगायतबाट आएकालाई दिएनौ, उनले थपे, बरु हेर्दा स’मस्यामा परेका जस्तो लाग्नेलाई मात्रै दियौं।

उनले एक सय पोका बन्दाकोपी दुई ठाउँमा गरेर निःशुल्क वितरण गरेको जनाए। अझै पनि भएका बन्दा त्यसरी नै वितरण गर्ने योजना रहेको उनले सुनाए। वन्दा वितरण गर्दा चोकमा सामाजिक दुरी कायम गरी गो’लोगोलो बनाई राखेर त्यसभित्र एउटाएउटा पोको बन्दा राखेका थिए।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार ०४:४९