कंगनाले पद्मश्री पाएपछि आलिया र बहिनी रंगोलीले फोटो पोस्ट गर्दै उडाए मजाक

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कारको घोषणा गरेको छ जसमा फिल्मी क्षेत्रका चार दिग्गजको नाम समावेश छ । पद्मश्री अवार्ड पाउनेमा कंगना रनोट, करण जोहर, अदनान सामी र एकता कपुर छन् । अवार्डको घोषणापछि कंगनाले भिडियोमार्फत् आभार दिएकी छिन् । उक्त खबरपछि उनका आफन्त र प्रशंसकलाई उनलाई बधाई दिएका छन् । फिल्म इन्डष्ट्रिबाट पनि उनले बधाई पाइरहेकी छिन् । आलिया भट्टले पनि कंगनालाई बधाई सन्देशका साथै फूलको गुच्छा पठाएकी छिन् । कंगनाकी बहिनी रंगोलीले यसमा म’जाक उ’डाएकी छिन् ।

कंगनाले आलियालाई भनेकी थिइन् औसत नायिकाः
एक अन्तर्वार्तामा कंगनाले आलियालाई औ’सत दर्जाकी नायिका भनेर गली ब्वोइमा उनले कामको लागि पाइरहेको तारिफमाथि आ’पत्ति जताएकी थिइन् । उनले भनेकी थिइन्, ‘आलिया र मबीच केही समानता छैन । आलियाले गली ब्वईमा औ’सत दर्जाको काम गरेकी छिन् ।

रंगोलीले पनि भनेकी थिइन् त’थानामः

त्यसपछि रंगोलीले पनि आलियोको आ’लोचनाका लागि कुनै मौका छोडेकी थिइनन् ।

यद्यपि, कंगना र रंगोलीको कुरामा आलियाले कुनै पनि प्रतिक्रिया दिएकी थिइनन् । उनले भनेकी थिइन्, ‘म कंगनाको निकै इज्जत गर्छु त्यसकारण चु’प बस्नेछु ।’

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०३:३८