रुकुममा मा’रिएका दलित युवकलाई श’हीद घोषणा गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मा’रिएका द’लित युवकलाई श’हीद घोषणा गर्न माग राखेकी छन् ।

‘क’थित माथिल्लो जातको युवतीको प्रेम स’म्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृ’त्युको खबरले स्त’ब्ध बनाएको छ । यो घ’टनामा ज्या’न गु’माउने सबैलाई सामाजिक रुपान्तरणको स’हिद घोषणा गरियोस्’ बुधबार प्रतिनिधिसभा बैठकमा उनले भनिन् ।

सांसद नेपालीले संसदीय छा’नबिन समिति बनाई दो’षीहरुलाई ह’दैसम्मको का’रबाही गर्न समेत माग गरेकी छन् ।

कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले रुकुम घ’टनाबारे सर्वदलीय संसदीय छा’नबिन समिति गठन गर्न माग गरिन् । ‘गृहमन्त्रीलाई अनुरोध– रुकुम घट’ना निर्मला पन्तको जस्तो ढु’स्स नहोस्’ उनले भनिन् ।

सत्तारुढ दल नेकपाकी सांसद यसोदा सुवेदी गुरुङले रुकुम घ’टनालाई राजनीतिकरण हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन् । ‘अति राजनीतिकरण हुँदा दो’षीले स’जाय नपाउने र पी’डितले न्याय नपाउने हुन सक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

नेकपाकी सांसद मनकुमारी जिसीले रुकुम पश्चिमको जस्तो घ’टना नदोहोरिने गरी अगाडि बढ्न सरकारलाई आग्रह गरिन् ।

कांग्रेसकी सांसद लक्ष्मी परियारले जा’तीय वि’भेद र छ’वाछुत वि’रुद्धका संविधान र कानुनी व्यवस्थाको प्रभावकारी का’नुन कार्यान्वयन गर्न माग राखिन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारीका मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिकाका २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी पक्षको आक्रमणबाट भाग्न भेरी नदीमा हा’म फा’लेका ४ जनाको श’व भेटिएको छ । दुई जना बे’पत्ता भएका छन् ।

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार १४:२४