वर्षा सिवाकोटीले ‘फेसबुकबाट केही दिनको ब्रेक लिँदै

नायिका वर्षा सिवाकोटीले केही दिनको लागि फेसबुकबाट ब्रेक लिन लागेको बताएकी छिन् । उनले यसबारे जानकारी दिँदै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

दुई दिन अघि मात्रै नाम र थर हेरेर मेसेज र कमेन्ट गरिदिन उनले फेसबुकमार्फत् आग्रह गरेकी थिइन् ।

उनको स्टेटसमा कमेन्ट गर्दै धेरैले किन यस्तो गर्न लागेको भनेर प्रश्न गरेका छन् । कतिले आ–आफ्नो विचार यसमा पोखेका छन् । कतिले उनलाई सल्लाह पनि दिएका छन् ।

एक व्यक्तिले प्रश्न सोधेका छन्, ‘वर्षा नामले अहिलेको अवस्थामा कतिलाई भ्र’ममा पारेको छ… त्यहि कारणले त होइन नि ?’ यस्तै, अर्का व्यक्तिले लेखेका छन्, ‘जे भएपनि त्यसरी बोल्न नहुने हो ।’

साथै, अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सहि हो, हिजोआज माहौल धुमलिएको छ बोलेर जवाफ फर्काउनुभन्दा केही दिन आराम दिनु उचित छ यो अवस्थामा ।’

यस्तै, एक व्यक्तिले लेख्छन्, ‘राउतले गरेर इन्बक्समा गा’ली मात्र छन् होला होइन ? प्रसाद धेरै भयो जस्तो छ ।’

सम्बन्धित खबर:

नायिका वर्षा सिवाकोटी लेख्छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम–थर हेर्ने क’ष्ट गरिदिनुहोला’

नायिका वर्षा सिवाकोटीले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् ।

उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् । उनले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’

उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् । लेख कार्की नामका प्रयोगकर्ताले लेखेका छन्, ‘भनेपछि राउतको भागको प्रसाद सिवाकोटीको भागमा पर्यो ?’

https://m.facebook.com/photo.php?fbid=10224613733429998&set=a.10201289581780784&type=3

यस्तै युवराज अर्यालले लेखेका छन्, ‘राउत भनेर गा’ली गरे क्या ? हो, नाम थर राम्रोसँग पढेर मात्र कमेन्ट गर्नुपर्छ, तपाईंले चैं सोचेर बोल्नुहुन्छ, गाली खानुहुन्न भन्ने लाग्छ ।’

यस्तै, अर्का प्रयोगकर्ता निश्चल घिमिरे लेख्छन्, ‘२÷४ दिनलाई नाम फेर गा’ह्रो छ ।’

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार ०३:५०