दिनभरि प्रेमिल जोडी भए ,साँझ किशोरी मृ’त भेटीइन

वडाध्यक्षसहितको छलफलले शनिबार बिहान देवदहकी १३ वर्षीया अंगिरालाई कथित उपल्लो जातका वीरेन्द्रको जिम्मा लगाइयो । दिनभर दुवै जना सँगै देखिए पनि साँझ किशोरी झु’न्डिएको अवस्थामा भेटिइन् भने किशोर फ’रार छन् ।

तिलोत्तमा, रुपन्देही — घरबाट बाहिर निस्किएको धेरै बेरसम्म घर नफर्किएपछि गत शुक्रबार साँझ देवदह नगरपालिका–११ की शान्ति पासी छोरीको खोजीमा निस्किइन् । गाउँमा फेला नपरेपछि उनीसँगै गाउँले पनि १३ वर्षीया अंगिरा पासीको खोजीमा निस्किए ।

नजिकैको खोला किनारमा अंगिरा स्थानीय युवा वीरेन्द्र भरसित बसिरहेको अवस्थामा फेला परिन् । सोधपुछ गर्न थालेपछि युवा त्यहाँबाट भागे । बालिकालाई लिएर गाउँले फर्किए र मध्यरात शान्तिको घरमा गाउँलेबीच छलफल चल्यो । छलफलले अंगिरालाई वीरेन्द्रको जिम्मा लगाउने निष्कर्ष निकाल्यो । गाउँलेहरुको उक्त भेलामा वीरेन्द्र र उनको परिवार पनि सहभागी थियो ।

भर क’थित उपल्लो जातिका र पासीलाई कथित दलित समुदाय मानिन्छ । त्यसैले भर र पासीबीच बिहेबारी चल्दैन ।

त्यस क्रममा वीरेन्द्रले अंगिरालाई स्वीकार्ने वाचा गरे । अंगिरा पनि वीरेन्द्रसित जान तयार भइन् । गाउँलेले प्रतिष्ठासित जोडेर त्यस्तो निर्णय गरे पनि शान्तिले छोरी जिम्मा लगाउन चाहेकी थिइनन् । तर, गाउँलेका सामु अ’डान लिन सकिनन् । स्थानीयका अनुसार शनिबार बिहान ३ बजेसम्म छलफल चल्यो । त्यस दिन दुवै आ–आफ्नो घरमा बस्ने र शनिबार बिहान छलफल गरेर जिम्मा लगाउने निर्णय भयो । उनीहरुको घर एक सय मिटरको दूरीमा छन् । भर क’थित उपल्लो जातिका र पासीलाई कथित दलित समुदाय मानिन्छ । त्यसैले भर र पासीबीच बिहेबारी चल्दैन ।

स्थानीयका अनुसार शनिबार बिहान गाउँले, दुई परिवार र वडाध्यक्षबीच भेला गराइयो । अंगिरा र वीरेन्द्रलाई गाउँलेका सामुन्ने सो’धपुछ गरियो । दुवैले एकअर्कालाई स्विकार्ने बताए । बिहान ७ बजे वडाध्यक्ष अमरबहादुर चौधरीको उपस्थितिमा भएको छलफलमा अंगिरालाई केटाको जिम्मा लगाइएको थियो । वीरेन्द्रका परिवारले भेलामै जाती’य कुरा निकालेर नस्विकार्ने चे’तावनी दिएको स्थानीय सन्दीप पासीले बताए ।

वडाध्यक्षको उपस्थितिमा स्थानीयले बालिकालाई केटाको जिम्मा लगाउन द’बाब दिएका थिए । वडाध्यक्ष चौधरीले भने केटी ना’बालिका रहेको र विवाह गर्न नमिल्ने भनेर सम्झाउन खोजेको दा’बी गरे । ‘राति नै केटाको जिम्मा लगाइसकेका रहेछन्,’ चौधरीले भने, ‘बालिका र उनकी आमाले इ’ज्जत गइसक्यो,

अब यही केटाले लगे छोरी जाने र पठाउने बताएपछि मैले स्थानीय र आमाछोरीको कुरामा सहमति जनाएर त्यहाँबाट बाहिरिएको हुँ ।’ वीरेन्द्र र अंगिराका परिवार सम्बन्धमा राजी भए पनि केटाको परिवारले घरमा लगे बस्न नदिने र स’म्बन्ध न’स्विकार्ने चेता’वनी दोहोर्‍याइरहेका थिए । वीरेन्द्रकी आमाले केटी पक्ष तल्लो जातकी भएको भन्दै वि’वाद गरेको स्थानीयले सुनाए । गाउँलेका अनुसार वीरेन्द्र र अंगिराको हात थमाएर वडाध्यक्ष गएका थिए ।

त्यसपछि केटाकेटी घर नगएर गाउँमा भौं’तारिएका स्थानीय रामनाथ पासीले बताए । उनका अनुसार केहीबेर गाउँमा डुलेपछि दुवै जना नजिकै रहेको रोहिणी खोलामा बसेका थिए । मध्याह्न वीरेन्द्रले अंगीरालाई आफ्नो घरमा लगे । तर, वीरेन्द्रकी आमाले दुवै जनालाई कु’टेपछि फर्किए । त्यसपछि एउटा पसलमा गएर भुजा र पानी किनेर रोहिणी खोला छेउमै बसेका थिए ।

गाउँलेका अनुसार दिउँसो वीरेन्द्र गायब भए । अंगिरा गाउँमा फर्किनन् । गोठालाले अंगिराको श’व रुखमा झु’न्डिएको अवस्थामा देखे । गाउँमा हल्ला फैलिँदै थियो, प्रहरी घट’नास्थल आइपुग्यो ।

शनिबार साँझ बालिकाको श’व रुखमा झु’न्डिएको अवस्थामा गोठालाले देखेको र गस्तीमा रहेको टोली घ’टनास्थल पुगेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले बताए । ‘श’व भेटिएको स्थल सिल गरेर बुटवलबाट अनुसन्धान टोली बोलाएर जिम्मा लगाएका हौं,’ उनले भने, ‘स्थानीयको मु’चुल्कासहित इलाका प्रहरी कार्यालय बुटवलबाट थप अ’नुसन्धान भइरहेको छ ।’

बालिकाकी आमा शान्तिले आफूहरू दलित भएकै कारण छोरीको ‘ह’त्या’ भएको दा’बी गरिन् । ‘छोरी पठाउँदिन भन्दा समेत गाउँलेको चे’पुवामा परें,’ उनले भनिन्, ‘ठूलाबडाको कुरा सुनेर उपल्लो जातका केटालाई छोरी जिम्मा लगाउँदा घ’टना भयो ।’

वडाध्यक्ष चौधरीले बालिकाको मृ’त्यु भएको दिनबाट केटा फ’रार रहेको बताए । वीरेन्द्रका अभिभावकले छोरा कहाँ गएको हो भन्नेबारे जानकारी नभएको बताउने गरेका छन् । छोरासँग मोबाइल नभएको भन्दै केटाका बाबुले कुनै जानकारी नगराएको चौधरीले सुनाए ।

बालिकाकी आमा शान्तिले आफूहरू दलित भएकै कारण छोरीको ‘ह’त्या’ भएको दा’बी गरिन् । ‘छोरी पठाउँदिन भन्दा समेत गाउँलेको चे’पुवामा परें,’ उनले भनिन्, ‘ठूलाबडाको कुरा सुनेर उपल्लो जातका केटालाई छोरी जिम्मा लगाउँदा घ’टना भयो ।’

आफैसँग राखेको भए यस्तो दिन नआउने उनको भनाइ छ । छोरीलाई वीरेन्द्रले प्रलो’भनमा पारेर ज’बरजस्ती क’रणी गर्न खोजेको र त्यही अवस्थामा गाउँलेले खोला किनारमा भेटेको समेत उनको दा’बी छ । सबैले मिलेर जिम्मा लगाएपछि केटाले घरमा लैजान आ’लटाल गरी छोरीको ह’त्या गरेको उनको आ’रोप छ ।

देवदह नगरपालिका प्रमुख हीरा केसीले बालिकाको मृ’त्युपछि मात्र घट’नाबारे जानकारी पाएको बताए । ‘घ’टना कसरी भयो भन्नेबारे गाउँलेबाट जे सुनियो, त्यही जानकारी छ,’ उनले भने, ‘अ’नुसन्धान र पो’स्टमार्टमपछि धेरै कुरा खुल्ने विश्वासमा छौं ।’

‘प्रहरीले जा’हेरी लिन मानेन’

दलित अधिकारकर्मी विनोद पहाडीले बालिकाको मृ’त्यु भएको अर्को दिनबाटै कि’टानी जा’हेरी दिन परिवार र छिमेकी इलाका प्रहरी कार्यालयमा धाइरहेको भए पनि प्रहरीले जा’हेरी दर्ता गर्न नमानेको दा’बी गरे । ‘अनु’सन्धान जारी छ भनेर दर्ता गरिएको थिएन,’ उनले भने, ‘मंगलबार द’बाब दिएपछि जा’हेरी दर्ता भयो ।’

उनका अनुसार बालिकाकी आमाले ‘छोरीको ह’त्या भएकाले सो स’म्बन्धमा अ’नुसन्धान गरिपाऊँ’ भनी जा’हेरीमा उल्लेख गरेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले जा’हेरी लिने सम्बन्धमा आ’नाकानी नगरेको र मंगलबार दर्ता गरिएको बताए । पो’स्टमार्टम रिपो’र्ट आएपछि अ’नुसन्धान प्रक्रिया थालिने उनको भनाइ छ ।

बालिकाको मृ’त्युपछि वीरेन्द्रका परिवार घरमा ताल्चा लगाएर स’म्पर्कविहीन भएको स्थानीयले बताए । अधिवक्ता महेन्द्र पाण्डेका अनुसार नाबालिकालाई सहमतिमै कसैले जिम्मा लगाएर विवाह गर्नु बा’लविवाह क’सुरमा पर्छ । साथै सहमतिमै भएको शारीरिक स’म्पर्कलाई समेत ज’बरजस्ती क’रणी क’सुर लाग्ने उनको भनाइ छ । सन्जु पौडेल/ कान्तिपूर

प्रकाशित मिति १४ जेष्ठ २०७७, बुधबार ०२:४७