रेखा पुगिन् राति नै आस्थालाई भेट्न अस्पताल, फर्केपछि मध्यरातमा यस्तो स्टाटस

रेखा पुगिन् राति नै आस्थालाई भेट्न अस्पताल, फर्केपछि मध्यरातमा यस्तो स्टाटस

लोकप्रिय तथा चर्चित नायिका रेखा थापाले राति नै गायिका आस्था राउतलाई भेटेकी छन् । प्रहरीसामु ‘आत्मसमर्पण’ गरेकी चर्चित गायिका आस्था राउतलाई हिरासतमा लिएर त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ ।

नायिका रेखा थापाले गायिका राउतलाई अस्पतालमै पुगेर भेटेकी हुन् । अस्पतालबाट फर्केपछि मध्यरातमा १२ बजेर १३ मिनेट जाँदा उनले भावुक स्टा’टस लेखेकी छन् । उनले भनेकी छन्, ‘आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिव्यक्तिबारे सबैजसोलाई थाहा छ ।

उनकै शब्दमा समग्र प्रहरी संगठनप्रति पर्न गएको अम’र्यादाबारे भुल स्वीकार पनि गरेकी छन् । यसबाहेक आस्था एक नागरिक पनि हुन् र उनले सेवा प्रवाहमा गरिने व्यबहारबारे सुधारको लागि आ’क्रोशित भएको देखिन्छ । व्यक्ति, नागरिक र पदाधिकारी जो भएपनि मानवीय व्यवहार र अ’सन्तुष्टि पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछन् ।

यसलाई ठूलो बिषय र संस्थाप्रतिको आक्रमण नठानी एउटा सेवाग्राहीको जानअञ्जान आ’क्रोशको रुपमा लिएर यथाशीघ्र हि’रासत मुक्त गर्नु पर्दछ ।’ नायिका थापाले भनेकी छन्, ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ । आस्थाले नि’योजित अ’पराध होइन । भु’ल र आ’क्रोशमा अ’पशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन् र कैयन सार्वजनिक हुँदैनन् । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।’

बिरामी भएको भन्दै गायिका राउतलाई प्रहरीले अस्पताल लगिएको हो । राउतलाई अस्पतालको चौथो तलाको ४२३ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको बताइएको छ । तर, गायिका राउतलाई के भएको भन्ने खुलाइएको छैन ।

गायिका राउतमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दु’व्र्यवहार गरेको आ’रोप लागेको छ । प्रहरी जवान रमिशा श्रेष्ठले आफूमाथि गायिका आस्था राउतले अ’भद्र व्यवहार गरेको आ’रोप लगाउँदै मु’द्दा दायर गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भ’नाभन भएको थियो ।

भनाभनपछि राउतले त्यसबारे असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दु’व्र्यवहार भएको बताउँदै प्रहरीलाई गा’ली गरेकी थिइन् । उक्त घ’टनाको सीसीटिभी फुटेज पनि सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार ०२:१०