शिशुलाई करेसाबारीमा फा’लेकी मजदुर आमाको ब’यान- पाल्न सक्दिनँ सोचेर जन्मिनासाथ मा’रिदिएँ

सोमबार दिउँसो भक्तपुर प्रहरीको टोली सूर्यविनायक नगरपालिका-५ घलाँतेको एउटा घरमा पुग्यो। त्यो घरनजिकै शिशुको श’व कु’हिएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी घ’टनास्थल पुगेको थियो।

प्रहरीले घरको करेसाबारीमा कु’हिन लागेको बच्चीको श’व भेटायो। कसको बच्चा हो भन्ने सो’धखोज हुँदा त्यही घरमा डेरामा बस्ने रमिला राई सु’त्केरी भएको खुल्यो।

उदयपुर घर भएकी रमिला सूर्यविनायक क्षेत्रमा मजदुरी गर्थिन्। केही दिनअघि उनले छोरी जन्माएकी थिइन्।

आफूले जन्माएकी छोरीलाई नै मा’रेर फालेको खुलेपछि प्रहरीले रमिलालाई प’क्राउ गरेको छ। उनले बच्चाको किन ह’त्या गरिन् भन्ने अनु’सन्धान भइरहेको छ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीका अनुसार रमिला केही वर्षअघि काठमाडौं आएकी थिइन्। ढलान मजदुरको काम गर्ने उनको सँगै काम गर्ने उदयपुरकै मिलन मगरसँग प्रेम बस्यो।

‘त्यसपछि उनीहरू सँगै बस्न थालेछन्। पहिला पनि एउटा छोरी जन्मेको रैछ,’ डिएसपी जोशीले भने,‘पछिल्लो समय भने रमिला र मिलनको स’म्बन्ध बि’ग्रिएछ। उनी लकडाउन सुरू हुनुअघि नै उदयपुर गएको देखिन्छ।’

मिलन डेरा छोडेर हिँडेको बेला रमिला दुई जि’उकी थिइन्। मिलन गएको केही समयपछि लकडाउन सुरू भयो। रमिलाको पेटमा सात महिनाको ग’र्भ थियो। सकिनसकी मजदुरी गरौंभन्दा पनि काम पाइनन्।

लकडाउनका बेला उनले केही दिन राहतको सामानले गु’जारा गरेको डिएसपी जोशीले बताए। केही दिनअघि रमिला आफ्नै डेरामा सु’त्केरी भइन्। प्रहरीसँगको बया’नमा उनले जन्मिनासाथ शिशुको मुखमा कपडा को’चेर मा’रेको बताएकी छन्।

‘एउटा छोरी त पाल्न गा’ह्रो भएको छ, फेरि अर्को बच्चा कसरी पाल्ने बरू अहिल्यै मा’रिदिन्छु सोचेर मुखमा कपडा को’चिदिएँ,’ रमिलाको ब’यान उ’द्धृत गर्दै डिएसपी जोशीले भने।

प्रहरीले शिशुको श’व पोस्टमर्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पठाएको छ भने रमिलालाई ह’त्या अ’भियोगमा मु’द्दा दर्ता गरेको छ। रमिलाका श्रीमान् मिलन अहिले पनि स’म्पर्कविहीन छन्।
युनिक श्रेष्ठ/सेतोपाटी

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार ०९:४५