स्याङ्जामा पहिलोपटक दुई जना सहित देशभर को’रोना सं’क्रमित सङ्या ७३० पुग्यो

भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा को’रोना भाइ’रसको सं’क्रमण देखिएको छ।

६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा सं’क्रमण पुष्टि भएको हो। सं’क्रमित दुबै जनालाई जिल्ला अस्पतालको आ’इसोलेसनमा लगिएको छ।

स्याङ्जामा यसअघि संक्र’मण भेटिएको थिएन। सं’क्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारे’न्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँ’णले जानकारी दिए।

योसँगै नेपालमा सं’क्रमितको संख्या ७ सय ३० पुगेको छ। आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना सं’क्रमित थपिएका हुन्।

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार ०८:२१