होम क्‍वारेन्टाइनमा रहेकी गर्भवतीको मृ’त्यु

राजविराज : को’रोनाको लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको मंगलबार बिहान मृ’त्यु भएको छ। अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्र’सित सप्तरीको कञ्चनरुप-११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भ’वतीको मृ’त्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो ।

अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृ’त्यु भएको परिवारका सदस्यले बताए । उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो ।

गर्भवती महिलालाई १ सय२ डिग्री ज्वरो आएपछि परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर उपचार गराएका थिए । डा. विनिता यादवको क्लिनिकमा उपचार गराएकी उनलाई पाँच दिनपछि पुन परीक्षणका लागि बोलाइएको थियो ।

चिकित्सकले पि’साबको संक्र’मण (यूटीआई) को औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ ।

महतोले मृ’तकको स्वाब संकलनको रि’पोर्ट नआउञ्जेल दा’हसंस्कारका लागि प्रतिक्षा गर्नु उपयुक्त हुने बताए । श’व व्यवस्थापन निर्देशिका अनुसार दा’ह संस्कार गर्न वा स्वाब परीक्षणको पीसीआर रि’पोर्टको प्रतिक्षा गर्न घरपरिवारसँग सल्लाह गरिने उनले बताए ।

गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खो’प समेत लगाएकी थिइन् । विवाह दर्ता र नागरिकता समेत नबनाएकी मृ’तकको साढे पाँच वर्षका जु’म्ल्याहा एक छोरा र एक छोरी छन् ।
मनोहर पोखरेल/अन्नपूर्ण पोष्ट

प्रकाशित मिति १३ जेष्ठ २०७७, मंगलवार ०६:२०