नेपालमा को’रोना सं’क्रमण पुष्टि हुनेको संख्या ६८२ पुग्यो, ४ को मृ’त्यु

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा को’रोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भा’इरस सं’क्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृ’त्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृ’तक ७० वर्षीय पुरुष हुन् ।

यो पनि…
किन ढिलागरी आयो नेशनल मेडिकल कलेजमा मृ’त्यु भएका वृद्धको को’रोना रिपोर्ट ?

योसँगै नेपालमा को’रोनाबाट ४ जनाको मृ’त्यु भएको छ । यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको को’रोना सं’क्रमणबाट मृ’त्यु भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार ११:३२