भारतमा घरेलु उडान खुला

नयाँदिल्ली — को’रोना सं’क्रमण तीव्र रूपमा फैलिरहे पनि भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि नियमित गरिएको छ । तर, पश्चिम बंगाल र आन्ध्र प्रदेश राज्यले केही दिनपछि मात्र उडान खुला गर्ने भएका छन् ।

भारतमा को’रोना म’हामारी नियन्त्रण र रोकथामका लागि भन्दै २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएका थिए । सं’क्रमण फैलने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि खोल्ने निर्णय गरिएको हो ।

हाललाई केही सीमित उडान मात्र सञ्चालन हुने भएका छन् । जस्तै, महाराष्ट्र सरकारले मुम्बईबाट दैनिक ५० उडान र हैदरावादले दैनिक ३० उडान मात्र गर्ने भएको छ । उडानका लागि भारतको गृह मन्त्रालयद्वारा जारी गरिएको दिग्दर्शनअनुसार यात्रुहरूले दुई घण्टाअगावै एअरपोर्ट पुग्नुपर्नेछ भने काउन्टर चेकइन नगरी अनलाइनबाट हुनेछ ।

उडानमा खाना/नास्ता र पत्रपत्रिका दिइने छैन । सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ । उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिङ हुनेछ । साथै यात्रुलाई घरमै १४ दिन क्वरेन्टाइनमा बस्न भनिएको छ ।

त्यसै गरी अन्तर्राष्ट्रिय उडानका लागि पनि तयारी सुरु गरिएको छ । सरकारले आधिकारिक घोषणा नगरे पनि भारतीय सञ्चारमाध्यमले १ अगस्टदेखि अन्तर्राष्ट्रिय उडान नियमित हुने उल्लेख गरेका छन् । त्यसका लागि आवश्यक मापदण्ड पनि जारी गरिएका छ

प्रकाशित मिति १२ जेष्ठ २०७७, सोमबार ०३:१०