लकडाउन अवधिमा सुदूरपश्चिममा ११४ ले गरे आ’त्मह’त्या

डोटी । चैत्र ११ गते लकडाउन भएदेखि शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा ११४ जनाले आ’त्मह’त्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार यस अवधिमा ५६ महिला र ५८ पुरुषले आ’त्मह’त्या गरेका हुन् । जसमा बालक पाँच र बालिका १० रहेका छन् ।

सबैभन्दा बढी ९१ जनाले झु’ण्डिएर आ’त्मह’त्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘झु’ण्डिएर आ’त्मह’त्या गर्नेहरुमा महिला ३३ र १३ बालबालिका रहेका छन् ।’

यस्तै वि’ष से’वन गरेर १९ जनाले आ’त्मह’त्या गरेका छन् । भिरबाट हा’मफालेर दुई र पानीमा हा’मफालेर दुई जनाले आ’त्मह’त्या गरेको एसएसपी सिंहले जानकारी दिए ।

गत वर्ष यही अवधिमा सुदूरपश्चिममा ११३ जनाले आ’त्मह’त्या गरेका थिए । लकडाउनका बेला आ’त्मह’त्याका घट’ना बढेका समाचार आइरहेको भए पनि सुदूरपश्चिममा त्यस्तो समस्या नदेखिएको एसएसपी सिंहको भनाइ छ ।

पारिवारिक वि’वाद, घ’रेलु हिं’सा, प्रेममा धो’का, पढाइमा असफलता जस्ता कारणहरुले आ’त्मह’त्या गर्ने गरेको पाइएको एसएसपी सिंहले बताए ।

आ’त्मह’त्या गर्नुमा लकडाउनले खासै असर नगरेको भए पनि महिलाको संख्या भने गत वर्षको तुलनामा बढेको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष यो अवधिमा ११ बालिकासहित ५० महिलाले आ’त्मह’त्या गरेका थिए भने यो वर्ष १० बालिकासहित ५६ महिलाले आ’त्मह’त्या गरेका छन् ।

पारिवारिक वि’वाद, घरेलु हिं’सा, प्रेममा धो’का, पढाइमा असफलता जस्ता कारणहरुले आ’त्महत्या गर्ने गरेको पाइएको एसएसपी सिंहले बताए ।

सुदूरपश्चिममा गत आर्थिक वर्षमा ४७५ जनाले आ’त्मह’त्या गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ४१६ जनाले आ’त्मह’त्या गरेका छन् ।

प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार ०५:५३