जात नमिल्नेसँग प्रेम गरेको भन्दै गाउँले मिलेर कु’ट्दा एकको मृ’त्यु, छ वेप’त्ता

गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृ’त्यु भएको छ ।

नवराजसँग गएका छ युवा अझै बेप’त्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले प’क्राउ गरेको छ ।

नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कु’टपिट गर्दा नवराजको मृ’त्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले ल’खेट्दा अन्य छ युवा बे’पत्ता रहेको उनको भनाइ छ ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उ’जुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।

उ’जुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै च’र्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार ०३:५७