मंगलवार श्री गणेश र हनुमानको  पुजा किन गरीन्छ ब्रतविधि सहित थाहा पाउनुहोस्

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । त्यसै मध्ये आज हामी मंगलवार को चर्चा गर्दैछौ ।

मंगलबारको दिन हनुमान र मंगल ग्रहको लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अ’शुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ ।

धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबैभन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ । हरेक व्यक्तिले पुजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पुजा गर्ने चलन रहेको छ ।

गणेश भगवानलाई सिद्धी दिने विर भगवानको रुपमा समेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन् । मंगल ग्रहलाई समस्या निर्मानायकको रुपमालिने भएकाले मंगल ग्रहको ख’राब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पुजा गर्ने गरिएको हो ।
त्यसकारण आज हामी तपाईहरुलाई गणेश भगवानलाई कसरी खुसी बनाउने भन्ने बारे पुजा गर्ने केही उपायहरु बताउन गइरहेका छौँ ।

विहान सबेरे उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन् भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने । विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त्यसकारण व्रत बसी विधिवत रुपमा पुजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ ।

गणेश भगवानको पुजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ
यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ । गुलियो खानेकुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ ।

त्यतिमात्रै हैन गणेशलाई खुसी बनाउने पुजा गर्दा वस्त्र पनि चढाउनुपर्छ । यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पुजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ ।

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १७:३२