थप ३२ जनामा को’रोना पुष्टि : सं’क्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं : थप ३२ जनामा को’रोना भा’इरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा को’रोना संक्र’मण पुष्टि भएसँगै सं’क्रमितको संख्या ५४८ पुगेको हो।

राष्ट्रिय जनस्वास्थ्य काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा को’रोना भा’इरस पोजिटिभ देखिएको हो। डा. अधिकारीका अनुसार टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा को’रोना पुष्टि भएको छ। अधिकारीका अनुसार रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा को’रोना पोजिटिभ देखिएको हो।

यसैगरी भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भा’इरस सं’क्रमण देखिएको छ।

प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार ०३:४०