नेपालमा विश्वकै  दुर्लभ दुई टाउके करेत सर्प फेला

२०७६ माघ १३ गते

सर्प अनुसन्धानकर्ताले नेपालमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । सर्प अनुसन्धानकर्ता रूपन्देहीका युवा कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प नवलपुरको कावासोती फेला पारेको हो ।

करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो । अस्पतालमा सो सर्पको शुक्ष्म तरिकाबाट अध्ययन अनुसन्धान पश्चात पि्रजर्व गरी सुरक्षित रुपमा राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डा. छबिलाल थापाले बताए

करेत प्रजातीको दई टाउको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपटक भेटिएको देवकोटाको दाबी छ । न्युटेसनका कारण यसप्रकारको अ’पांगता भएको करेत जन्मिएको हुनसक्ने उनको भनाइ छ ।

दुइ टाउके करेत देब्रे टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २ सय ८ एमएम र दाहिने टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २ सय एमएम छ ।यो सर्पको नमुना काठमाडौंको प्राकृतिक बिज्ञान संग्राहलयमा राखिएको छ ।

दुईवटा टाउको भएको करेत सर्प अनुसन्धान सम्बन्धी लेख अमेरिकाको रेप्टाइल एन्ड एम्पिmबियन कन्जर्भभेसन जर्नलमा प्रकाशित छ

देवकोटा र उनको समूहले तीन वर्षदेखि तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, सर्लाही लगायतका जिल्लामा सर्पको अनुसन्धान गर्दै आइरहेको छ

प्रकाशित मिति १३ माघ २०७६, सोमबार १६:३५