थप २० जनामा को’रोना सं’क्रमण पुष्टि, सं’क्रमितको संख्या ५०७ पुग्यो

९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा को’रोना भा’इरस (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ । यससँगै सं’क्रमितको संख्या ५०७ पुगुेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्र’मण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा सं’क्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा सं’क्रमण पुष्ट भएको हो ।

नेपालमा थप २० जनामा को’रोना भा’इरस  सं’क्रमण पुष्टि भएको छ । यससँगै सं’क्रमितको संख्या ५०७ पुगुेको छ ।

यस्तै बाँकेमा १४ जना सं’क्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि सं’क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति ९ जेष्ठ २०७७, शुक्रबार १०:५५