थप ९ जनामा कोरोना सं’क्रमण, सं’क्रमितको संख्या ४५३ पुग्यो

बिहीबार थप ९ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा को’राना सं’क्रमण पुष्टि भएको देवकोटाले बताए । योसँगै नेपालमा कोरो’ना सं’क्रमितको संख्या ४५३ पुगेको छ ।

यसअघि बिहीबार बिहान पनि १७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ११:२४