नेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३ पुग्यो,गुल्मीका कोरोना सं’क्रमित रहेनन्

बुटवल । रुपन्देहीको मणिग्राममा उपचाररत को’रोना सं’क्रमितको पुरुष मृ’त्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृ’त्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृ’त्यु भएको बताएका छन् ।

मृ’त्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना सं’क्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना सं’क्रमित भएर मृ’त्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०३:५९