थप १७ जनामा को’रोना, सं’क्रमित ४४४ पुगे

काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना को’रोना सं’क्रमित फेला परेका छन् । यससँगै नेपालमा को’रोना सं’क्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा को’रोना सं’क्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि को’राना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार ०१:५२