थप ७ जनामा देखियो को’रोना, सं’क्रमित सङ्या ४३४ पुग्यो,निको हुने ४५ जना

नेपालमा पछिल्लो पटक को’रोना सं’क्रमितको सङ्या बढिरहेको छ ।यसै क्रममा थप सात जनामा को’रोना भा’इरस पुष्टि भएको छ।
प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा को’रोना पोजेटिभ देखिएको हो।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई को’रोना भा’इरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश १ मा को’रोना टेष्टको दा’यरा बढेसँगै सं’क्रमितको संख्या पनि दिनहुँ थपिन थालेको मुख्यमन्त्री कार्यालयकाे भनाइ छ।
यसअघिका २५ जनासहित बुधबार ३२ जना सं’क्रमित थपिएका छन्।

हालसम्म कुल सं’क्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार १३:२९