२५ वर्षीया छोरीले गरिन् बाबुको ह’त्या

इलाममा गए राति एक युवतीले आफ्नै बुबाको ह’त्या गरेकी छन्।
इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको ह’त्या गरेकी हुन्।

शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झ’गडा भइरहने गरेको स्थानीयवासीको भनाइ उ’द्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए।

उनका अनुसार रातको समयमा झ’गडा हुँदा छोरीले नै ह’त्या गरेको प्रहरीको अनु’सन्धानबाट खुलेको छ।

घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झ’गडा भएको थियो फुलबहादुरको टाउकोमा चो’ट देखिएको छ। टाउकोमा चि’र्पट प्र’हार गरेर ह’त्या गरेको हुनसक्ने बताइएको छ।

कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झ’गडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ। घ’टनास्थलमा प्रहरी पुगेको छ। घ’टनाबारे थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ।

छोरी सुष्मा बेलुकैबाट फ’रार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।
(रासस)

प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार ०५:००