लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा प’क्राउ…

काठमाडौं- लकडाउनको समयमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने गैह्र सैनिक एक युवा प’क्राउ परेका छन् ।सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले प’क्राउ गरेको हो ।

प्रहरीले चेक नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेले बताए।

बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका सञ्चालक खड्कालाई सैनिक प्रहरीले महाराजगन्जबाट नि’यन्त्रणमा लिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।प्रहरीले चेक नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेले बताए।

प्रवक्ता पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बाक्लो देखिएको भन्ने गु’नासो प्राप्त भएपछि सैनिक मुख्यालय ज’ङ्गी अ’ड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक जवान समेत खटाएको हो ।

प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ०५:००