लक्ष्मीलाई प्रियंका चाेपडाकाे फाेन

गत ६ मेमा लक्ष्मी विश्वको मोबाइलमा घण्टी बज्यो । उताबाट बोल्नेले आफ्नो नाम ‘प्रियंका चोपडा’ बताउँदा शुरूमा त उनलाई पत्यार नै लागेन । तर, बहिनी सुनैनाले केही समयअघि को’रोना सं’क्रमणमा अग्रभागमा रहेर काम गर्नेहरूबारे भइरहेको खोजीका लागि इन्स्टाग्राममा लक्ष्मीको कथा लेखेर पठाएको सम्झना भयो ।

उनलाई फोन गर्ने बलिउड अभिनेत्री प्रियंका चोपडा नै थिइन् । प्रियंकाले लक्ष्मीलाई सोधिन्, “यस्तो आ’तेसको वेला नर्सको रूपमा तिमी कसरी काम गरिरहेकी छ्यौ ?”

यो प्रश्नको जवाफ दिनुअघि उनले २६ डिसेम्बर २०१७ मा छोटो बिमारले निधन भएकी आमा डम्बरकुमारीलाई सम्झिइन् । आमाको निधन हुँदा उनी अमेरिकाको अर्काे राज्यमा थिइन्, भोलिपल्ट मात्र केन्सास पुगिन् ।

लक्ष्मी विश्व: डेढ दशकअघि इलामको कन्याममा र अमेरिका पुनर्वासपछि ।
प्रियंकालाई लक्ष्मीले जवाफ दिइन्, “आमालाई मृ’त्यु श’य्यामा सेवा गर्न नपाएकी मलाई क’डा रोगसँग ल’डिरहेका मानिसहरूको स्याहार गर्दा ठूलो कर्तव्य निर्वाह गरे जस्तै लाग्छ, हृदयले सन्तोष महसूस गर्छ ।”

हिजोआज को’रोना भा’इरसले गाँजेर जीवन म’रणको दो’साँधमा रहेका मानिसका ओइलाउँदै गएका अनुहारमा दिनदिनै उनका आँखा जुध्छन् । आमा दि’वंगत हुँदा आफू साथमा नभए जस्तै अस्पतालको श’य्यामा अन्तिम सास फेरिरहेका ती सं’क्रमितका पनि आफन्त छेउमा हुँदैनन् । रोग सर्ने ड’रले तिनलाई बिरामीसम्म पहुँच दिइएको छैन ।

उनी भन्छिन्, “यो अवस्था यति भा’वुक र कहा’लीलाग्दो हुन्छ कि सम्हालिएर काम गर्नु मेरो लागि ठूलो चु’नौती र परीक्षा बनिरहेको छ ।” हरेक दिन हजारौंको ज्यान लिइरहेको म’हामारीबाट सि’किस्त भएकालाई हेरचाह गर्दा घरमा तातोभात पर्खिरहेका परिवारलाई सम्झिने समेत फुर्सद हुन्न ।

लक्ष्मी एकल महिला हुन् । उनकी तीन वर्षकी छोरी छिन् । उनी ११ वर्षअघि पुनर्वास भएर अमेरिकाको केन्सास आएकी हुन् । अहिले केन्सासकै एडभेन्ट हेल्थ सवानी मिसन अस्पताल र केन्सास कम्युनिटी होम हेल्थमा काम गर्छिन् । केही महीना यता को’रोना भा’इरस सं’क्रमितको उपचारका लागि उनले प्रत्येक दिन कम्तीमा १२ घन्टा अस्पतालमा बिताउँछिन् ।

आमालाई मृ’त्यु श’य्यामा सेवा गर्न नपाएकी मलाई क’डा रोगसँग ल’डिरहेका मानिसहरूको स्याहार गर्दा ठूलो कर्तव्य निर्वाह गरे जस्तै लाग्छ, हृदयले सन्तोष महसूस गर्छ ।”

सेप्टेम्बर २००८ मा अमेरिका आउनुअघि उनी पूर्वी मोरङको शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरको ‘सेक्टर ई’ मा बस्थिन् । त्यहाँको छाप्रोमा उनले १६ वर्ष बिताइन् । माध्यमिक तहसम्मको शिक्षा संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोगको सहयोगमा शिविरमै सञ्चालित स्कूलमा पूरा गरिन् । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विज्ञान संकायको उच्च माध्यमिक तह पढाइ चालु रहँदा उनी परिवारसाथ अमेरिका पुनर्वास भइन् ।

अहिलेकाे प’रिस्थितिमा अग्रभागमा रहेर काम गर्ने महिलाहरुलाई आफ्नाे कथा पठाउन अभिनेत्री प्रियंका चाेपडाले गरेकाे भिडियाे आह्वान ।

लक्ष्मीसँग भूटानको बाल्यकालका पनि धमिला सम्झना छन् । उनको जन्म भूटानको फुन्चोलिङमा भएको थियो । घर भने भूटानको साम्ची जिल्लाको बाँडामा थियो । चार वर्षको उमेरमा बाबु बलबहादुरको काँध चढेर भूटान छोडेपछि उनी नेपालको शर’णार्थी शिविर आइपुगिन् ।

अमेरिका पुनर्वास भएपछि लक्ष्मीले आफ्नो पढाइ चालु गरिन् । भर्खर पुनर्वास भएकाले काम र पढाइ एकसाथ गर्नु उनको बाध्यता र अवसर दुवै थियो । हाल युनिभर्सिटी अफ केन्सास अमेरिकामा मेडिकल साइन्समा स्नातकोत्तर अध्ययन गरिरहेकी लक्ष्मी सिने स्टार प्रियंका चोपडाले स’म्पर्क गरेर अ’प्रिय विगतप्रति स’हानुभूतिसाथ धन्यवाद दिएपछि आफूमा हौसला बढेको बताउँछिन्।

प्रियंका चोपडाको को’रोना भा’इरस विरु’द्धको सं’घर्षमा अग्रभागमा खट्नेको सूचीमा लक्ष्मी परेपछि सम्मानस्वरुप पाँच हजार अमेरिकी डलर पाउने भएकी छिन् । प्रियंकाको कार्यक्रमका लागि अमेरिकाभरिबाट लक्ष्मीसहित चार महिला छानिएका छन् । “त्यो उपलब्धि मेरो लागि कल्पना गरेको भन्दा बाहेकको फल हो, एकहिसाबले वरदान जस्तै” उनी भन्छिन्, “हामीले विताएको नमीठो विगत नै हाम्रो लागि उत्प्रेरणा बनेको छ ।”

प्रियंकाले महिला सशक्तीकरण सम्बन्धी अभियानको क्रममा यो छनोट गरेकी थिइन् । प्रियंकालाई आफ्नो विगत बताउँदा पाएको रकमलाई लक्ष्मीले परोपकारी कर्ममा लगाउने योजना बनाएकी छिन्।

–हिमालखबरमा गोपाल गड्तौला, पेन्सिलभेनिया, अमेरिका

प्रकाशित मिति ५ जेष्ठ २०७७, सोमबार ०२:१२