यी कलाकार : आउँदै, हराउँदै गरे पढ्नुहोस पुरा नालिबेली

पछिल्लो तीन दशकमा धेरै कलाकारलाई सिनेमाले चर्चित बनायो, तर थोरै मात्रै टिकिरहेका छन् ।

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा, करिश्मा मानन्धर, लक्ष्मी गिरी ०४६ सालअघि पनि चिनिएका कलाकार थिए । तर, उनीहरूको व्यस्तता र लोकप्रियता पनि ०५० को दशकमा बढ्यो । यो दशकले राजेश हमाललाई व्यस्त, चर्चित र सफल अभिनेता बनायो । उनको स्टारडमले धेरै निर्माता र निर्देशकलाई पनि व्यावसायिक रूपमा सफल बनायो । निर्देशक दयाराम दाहालका शब्दमा ‘एं’ग्री योङ म्यान’ रूपमा राजेश हमालको फिल्म क्षेत्रमा आगमन दर्शकले रुचाएपछि फिल्म निर्माणको गति पनि ह्वात्तै बढ्यो ।

यो दशकमा अभिनेत्रीहरूको आगमन पनि उल्लेख्य छ । तुलसी घिमिरेका प्राय: फिल्ममा अभिनय गरेकी निरुता सिंह एक दशकसम्म ‘लिडिङ लेडी’का रूपमा देखिइन् । ‘दर्पणछायाँ’, ‘बन्धकी’, ‘दुई किनारा’, ‘दक्षिणा’, ‘आफ्नो मान्छे’ लगायत दर्जजौँ हिट फिल्म दिएकी उनी नेपाली फिल्ममा ख’राब प्र’वृत्ति र ख’राब मान्छेहरू बढेको भन्दै एकाएक फिल्म क्षेत्रबाट हराइन् ।

निर्देशक दयाराम दाहालका शब्दमा ‘एं’ग्री योङ म्यान’ रूपमा राजेश हमालको फिल्म क्षेत्रमा आगमन दर्शकले रुचाएपछि फिल्म निर्माणको गति पनि ह्वात्तै बढ्यो ।

निरुतापछि फिल्म क्षेत्रमा व्यस्त अर्की अभिनेत्री रेखा थापा हुन् । ०६० को दशकमा सिनेमाका सिंगल थिएटरमा आफ्नो स्टारडम कायम राख्न उनी सफल भइन् । ‘नेपालमा जसरी महिलाको चरित्रचित्रण सिनेमामा सधैं कमजोर भइरह्यो, त्यसैगरी महिलाको उपस्थिति पनि खासै उल्लेखनीय हुन सकेन, हिरोको वरिपरि नाच्नबाहेक । रेखाले भने महिलालाई पर्दामा सशक्त देखाउने प्रयत्न भने गरिन्’, निर्देशक मनोज पण्डित भन्छन् ।

अभिनेताहरूमा भने राजेश हमालको स्टारडमले ठूलो प्रभाव क्षेत्र ओगट्यो । तीन दशकको अभिनय यात्रामा हमालले सयौं फिल्ममा अभिनय गरे । ०५० को दशकमा उनका थुप्रै फिल्म ब्याक टु ब्याक ‘हिट’ भए । ‘कसम’, ‘देउता’, ‘बसन्ती’, ‘अल्लारे’ आदि उनका दर्शकमाझ चर्चित फिल्म हुन् । फिल्म प्रवेशका हिसाबले राजेश हमालभन्दा भुवन केसी र शिव श्रेष्ठ एक दशक सिनियर हुन् तर राजेशको प्रवेशपछि उनीहरू फिल्म बजारमा समकालीन प्र’तिस्पर्धीजस्तै देखिए । उनीहरूबीच कसको फिल्म हिट हुने र को ठूलो स्टार भन्ने होड पनि देखियो ।

३९ वर्षअघि ‘जूनी’ फिल्मबाट डेब्यु गरेका केसी रोमान्टिक हिरोका रूपमा चिनिए । उनका ‘कुसुमे रुमाल’, ‘सन्तान’, ‘तिलहरी’, ‘कन्यादान’, ‘दक्षिणा’ अदि फिल्म व्यावसायिक रूपमा सफल भए । २०३९ मा ‘जीवनरेखा’मार्फत अभिनय थालेका श्रेष्ठ ‘ए’क्सन हिरो’का मानिन्थे । ‘कान्छी’, ‘बदलिँदो आकाश’, ‘चिनो’, ‘राँ’को’, ‘स्वर्ग’, ‘जन्मभूमि’, उनी अभिनित फिल्म हुन् । धेरै वर्ष भयो अहिले हमाल, केसी र श्रेष्ठ फिल्ममा खासै सक्रिय छैनन् ।

अभिनेत्रीका हकमा भने एकैजना लामो समयसम्म टिकेको इतिहास छैन, केही अ’पवादबाहेक । तृप्ती नाडकर, विपना थापा, जल शाह एक समय चर्चित थिए, पछि हराए । ‘हलिउडमा त ५० वर्ष पुगेपछि पनि हिरोइनहरूले क्यारेक्टरका रूपमा लिड रोलमा काम गरिरहेकै छन्’, केही समयअघि वीरगन्ज फिल्म फेस्टिभलमा भेट हुँदा निरुताले भनेकी थिइन्, ‘नेपाल र भारतमा भने हिरोइनको आ’यु ६–७ वर्षसम्म मात्रै हुन्छ ।’

अभिनेत्रीका हकमा भने एकैजना लामो समयसम्म टिकेको इतिहास छैन, केही अ’पवादबाहेक । तृप्ती नाडकर, विपना थापा, जल शाह एक समय चर्चित थिए, पछि हराए ।

अहिले भने निरुता आफ्नै अभिनयलाई फर्केर हेर्दा ला’ज मान्छिन् । भन्छिन्, ‘आफ्नो अभिनय देखेर मलाई ला’ज लाग्छ । मान्छेले मलाई कसरी फिल्ममा काम दिएको भन्ने लाग्छ । आजसम्म पनि म मेरो अभिनयबाट कहिल्यै स’न्तुष्ट भइनँ ।’

०५० कै दशकमा सु’गठित शरीर लिएर आए, धीरेन शाक्य । हमाललाई ट’क्कर दिने कलाकारका रूपमा उनको चर्चा हुन्थ्यो । ‘क्रो’ध’, ‘जीवनदान’, ‘सिमाना’, ‘चिनो’, ‘अजम्बरी माया’जस्ता केही चर्चित फिल्मपछि उनी सुस्ताए । ‘पिं’जडा’ फिल्ममा सात तला माथिबाट हा’मफालेर चर्चा बटुलेका निखिल उप्रेती पनि अहिले खासै सक्रिय छैनन् । विराज भट्ट, सुशील क्षेत्रीलगायत कलाकार पनि ए’क्सन कलाकारका रूपमा उदाए । केही हिट फिल्म दिएपछि हराए । २० वर्षअघि ‘आदि कवि भानुभक्त’बाट डेब्यु गरेका अभिनेता दिलिप रायमाझी एक समय फिल्ममा निकै व्यस्त भए । उनका ‘दर्पण छायाँ’ र ‘आफ्नो मान्छे’ दर्शकले खुब रुचाए । उनी पनि अहिले सक्रिय छैनन् । अर्का रोमान्टिक हिरो श्रीकृष्ण श्रेष्ठका फिल्म ‘ए मेरो हजुर’, ‘वर पीपल’, ‘आफ्नो मान्छे’, ‘सुख दु:ख’, ‘कोहिनुर’ चर्चित थिए । उनको दे’हान्त भइसकेको छ ।

नेपाली रंगमञ्च क्षेत्रको योगदानलाई धेरै समीक्षकहरूले जस दिने गरेका छन् । सुनील पोखरेल नेतृत्वको गुरुकुल र अनुप बराल नेतृत्वको एक्टर्स स्टुडियोको सिकाइबाट आएका कलाकारहरूको प्रभाव पछिल्लो दशकको उल्लेखनीय पक्ष हो ।

०६२/०६३ को आन्दोलनपछि नेपाली सिनेमा डिजिटल युगमा प्रवेश गरेसँगै सिनेमाको मेकिङले पनि नयाँ मोड लियो र अभिनय शैलीमा पनि परिवर्तन ल्यायो । यसमा नेपाली रंगमञ्च क्षेत्रको योगदानलाई धेरै समीक्षकहरूले जस दिने गरेका छन् । सुनील पोखरेल नेतृत्वको गुरुकुल र अनुप बराल नेतृत्वको एक्टर्स स्टुडियोको सिकाइबाट आएका कलाकारहरूको प्रभाव पछिल्लो दशकको उल्लेखनीय पक्ष हो । ०६८ सालमा निर्मित ‘लु’ट’मार्फत सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, सिर्जना सुब्बा उदाए । जब दयाहाङ राईले रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’मा प्रमुख भूमिकामा अभिनय गरे, त्यसपछि परम्परागत हिरोको मान्यता अर्थात् मिलेको जिउडाल, अग्लो कद, चकलेटी लुक्स चाहिन छाड्यो ।

त्यसो त दयाहाङ ‘लु’ट’ अघि नै ‘दासढुङ्गा’ लगायत सिनेमामा अभिनय कौशलता देखाइसकेका कलाकार हुन् । ‘कबड्डी’पछि त दयाहाङ कति व्यस्त भए भने अहिलेसम्म उनको हातबाट फिल्मको अफर फुत्किएको छैन । ‘ब’धशाला’, ‘झोले’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुङ्गा’ आदि उनी अभिनित चर्चित फिल्म हुन् । अब्बल अभिनेताका रुपमा सौगात मल्लको छवि पनि उस्तै छ । ‘लु’ट’भन्दा धेरै अघि सौगातले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’मा काम गरेका थिए तर उनी त्यतिबेला धेरैको ध्यानमा परेका थिएनन् । ‘लु’ट’मा नेवारी टोन, ‘षडङ्ग’मा मधेसी र ‘लुकामारी’मा थारु लवजले उनको अभिनय विविधता झल्काउँछ । पछिल्लो समय रंगमन्चबाट फिल्ममा अभिनय गर्नेको संख्या बढेसँगै फिल्मका लाग ‘मेथड एक्टिङ’ गर्नेहरू पनि बढेका छन् । सौगात, दयाहाङ, विपिन कार्की आदि यही पृष्ठभूमिबाट आएका हुन् ।

यर्थाथपरक र चरित्र प्रधान फिल्ममा काम गर्दै आइरहेका अभिनेता विपिन कार्कीलाई समेत दर्शकले अहिले फिल्मैपिच्छे फरक–फरक अवतारमा देखिरहेका छन् । चाहे त्यो ‘छड्के’, ‘पशुपतिप्रसाद’ वा ‘जात्रा’, ‘हरि’, ‘प्रसाद’ र ‘सेल्फी किङ’मै किन नहोस् । ‘पशुपतिप्रसाद’, ‘जात्रा’ र ‘प्रसाद’बाट त अभिनेताका रूपमा उनले नेसनल फिल्म अवार्ड नै पाएका छन् ।

पछिल्लो समय अभिनेत्रीहरूमा मेनुका प्रधान, ऋचा शर्मा, सुरक्षा पन्त, दिया मास्के, लक्ष्मी बर्देवा, सरिता गिरी, पशुपति राईलगायतले जीवन्त अभिनयमार्फत फिल्मवृत्तमा आफ्नो गहिरो छाप छाडिरहेका छन् । स्वस्तिमा खड्का, केकी अधिकारी लगायतको पछिल्लो प्रयत्न पनि तारिफयोग्य छ । अभिनेताहरूमा रंगमन्चबाट आएर बलियो छाप छाडिरहेका नाजिर हुसेन, कामेश्वर चौरसिया, प्रमोद अग्रहरि, विजय बराल, बुद्धि तामाङ, भोला सापकोटालगायत पनि अभिनयको नयाँ शैली स्थापनमा क्रियाशील छन् ।

अभिनय जे जस्तो गरे पनि नेपाली सिनेमाको दर्शक बढाउन उनीहरूको फिल्मको भूमिका छ, यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ फिल्म समीक्षक तथा निर्देशक पण्डित भन्छन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, सीताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसीलगायत टेलिभिजनको पर्दामा रुचाइएको ठूलो समय अहिले सिनेमामा कमेडीसहित आइरहेको छ । दीपक, दीपाको ‘छक्कापन्जा’ सिरिजले त व्यापारमा पनि रेकर्ड राखिरहेको छ । ‘अभिनय जे जस्तो गरे पनि नेपाली सिनेमाको दर्शक बढाउन उनीहरूको फिल्मको भूमिका छ, यसलाई नजरअन्दाज गर्न मिल्दैन,’ फिल्म समीक्षक तथा निर्देशक पण्डित भन्छन् ।

०६० को दशकमा आर्यन सिग्देल र जीवन लुइँटेल एक समय खुब चले, चकलेटी अनुहार देखाएर । तर, दिन पहिले जस्तो रहिरहेन । अहिले उनीहरू वि’स्थापित भए, भुवन केसीका छोरा अनमोल केसी स्टारका रूपमा उदाए । ‘होस्टेल’ फिल्मबाट डेब्यू भएका उनी अहिले बजारका महँगा अभिनेतामा गनिन्छन् । ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा छ । अनमोलसँगै स्टार किडले फिल्म डेब्यू गर्ने क्रम बढेको छ । कुनै बेला थुप्रै हिट फिल्म दिएकी झरना थापाकी छोरी सुहाना थापा पनि ‘ए मेरो हजुर २’ बाट अभिनयमा उदाएकी छिन् ।

अनमोलकै प्रतिस्पर्धीका रूपमा बजारमा दुई चकलेटी अभिनेताको उदय भएको छ– प्रदीप खड्का र पल शाह । उनीहरूलाई बजारका महँगा अभिनेताका रूपमा लिने गरिएको छ । ‘ड्रिम्स’बाट भित्रिएकी साम्राज्ञीराज्य लक्ष्मी शाह पनि पछिल्लो समय चल्तीमा आएकी अभिनेत्री हुन् । ‘यी सबै डा’र्लिङ एक्टर्स हुन्,’ अनमोल, प्रदीप, साम्राज्ञी र पलबारे नाट्यनिर्देशक तथा अभिनेता अनुप बराल टिप्पणी गर्छन्, ‘डा’र्लिङ एक्टरको मो’ह के हुन्छ भने उनीहरू आफ्नो रूप, आफ्नो लुगाहरू एकदमै राम्रो बनाएर हिँड्न खोज्छन् ।

उनीहरूलाई मान्छेहरूले मन पराइदिए पुग्छ । कहिलेकाहीँ क्यारेक्टरलाई आत्मसात गर्ने क्रममा निधार खु’म्चाउनुपर्ने हुन्छ, चि’च्याउँदा अनुहार नराम्रो देखिन सक्छ । हो, अनुहारलाई नराम्रो देखाउने त्यस्ता दृश्यहरू उनीहरू गर्न रुचाउँदैनन् । दाँत राम्रो देखिन्छ भन्ने लाग्यो भने ऊ सधैं मुस्काएर अभिनय गर्न खोज्छ । डिम्पल छ भने सधैं डिम्पलकै पछि दौडिन्छ । उनीहरू एक किसिमको ‘ना’र्सिज्म’ले ग्र’स्त हुन्छन् । आफ्नो क्षमता बढाउने हो भने विविधता दिन सक्नुपर्छ । कति ल’भरब्वाइ भएर खेल्ने ?’ यी कलाकारभित्र पनि प्रतिभा छ तर त्यसका लागि उनीहरू डार्लिङ एक्टरको प्रवृ’त्तिबाट बाहिर आउन जरुरी रहेको बताउँछन्, बराल ।

नाट्यनिर्देशक तथा अभिनेता अनुप बराल टिप्पणी गर्छन्, ‘डा’र्लिङ एक्टरको मो’ह के हुन्छ भने उनीहरू आफ्नो रूप, आफ्नो लुगाहरू एकदमै राम्रो बनाएर हिँड्न खोज्छन् ।

पछिल्लो समय नेपाली फिल्मको अभिनय शैलीमा परिवर्तन देखिए पनि फिल्म समीक्षक एवं निर्देशक नवीन सुब्बा त्यसलाई पर्याप्त ठान्दैनन् । ‘अहिले फिल्ममा एक्टिङ गरिरहेका धेरैजसो थिएटरका छन्, दुई चारजना हिरो–हिरोइनका छोराछोरीहरू छन् । कोही सिकेर आएका छन्, कोही अनुभव लिएर,’ उनी भन्छन्, ‘कोही वंशानुगत लिएर आएका होलान्, यदि त्यस्तो हुन्छ भने । तर, खासमा अभिनय सिक्ने कुरा हो । अभिनयमा सिकाइको लामो अभ्यासहरू भएको छ । त्यो अभ्यास हाम्रोमा छैन । अभिनय सिकाउने नाममा दुई चारवटा नाङ्लो पसल छ । प्रत्येक थिएटरवालाले एउटा–एउटा नाङ्लो पसल खोलेका छन् । एउटा राम्रो थिएटर स्कुल किन छैन त ? नाटकसम्बन्धी कलेज किन छैन ? हाम्रा थिएटरवालाहरूले किन पहल गर्दैनन् ? अथवा, स–साना पसल चलाउनेहरूले संयुक्त मिलेर एउटा स्कुल किन खोल्दैनन् ? किनभने स्कुल खोल्यो भने आफ्नो पर्सनल बिजेनस सुक्छ ।’

खासमा अभिनय सिक्ने कुरा हो । अभिनयमा सिकाइको लामो अभ्यासहरू भएको छ । त्यो अभ्यास हाम्रोमा छैन ।

सुब्बा अभिनय सिकाइका लागि एक्टिङ स्कुल खोल्न जरुरी देख्छन् । उनी केही समय कोर्स गरेर आएकै भरमा एक्टिङ गर्न नसकिने बताउँछन् । ‘बाहिरतिर ठूल्ठूला प्रयोगहरू भइरहेका छन्, अभिनयका मामिलामा बाहिर निकै ग’म्भीर र कलात्मक प्रयोगहरू भएको सुनिन्छ,’ सुब्बा चिन्ता व्यक्त गर्छन्, ‘नेपालमा भने त्यस्तो केही छैन ।’ अनिल यादव ले साप्ताहिकमा लेखेको छन !

प्रकाशित मिति ७ जेष्ठ २०७७, बुधबार ०४:०१