नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको पनि मृ’त्यु भएको पुष्टि

काठमाडौं । नेपालमा को’रोना भा’इरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृ’त्यु भएको पाइएको छ ।

बाँकेको क्वारेन्टाइनमा मृ’त्यु भएका २५ वर्षीय पुरुषको को’रोना पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

उनकाअनुसार मृ’तक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६:४० बजे उनको मृ’त्यु भएको हो ।

प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार ११:०९