श्रीमान् विदेशमा, बाँ’झो जमिन खन्दै महिलाहरु

धेरैका श्रीमान् वैदेशिक रोजगारमा छन् । कुनै बेला मुरीका मुरी अन्न फल्ने बारी बाँ’झिएका छन् । अब भने यी बाँ’झा जमिनमा हरियाली छाउनेछ । अन्न र मसला फल्नेछन् । यही बाँ’झो जमिनलाई पसिनाले सिँचिइरहेका छन्, छत्रदेव गाउँपालिका २ काब्रेका महिलाहरु । वर्षौंदेखिको बाँ’झिएको जमिन खन्न एक सातादेखि १८ महिला जुटेका छन् ।

पाखो जमिन खनेर अन्न र मसला लगाएर आ’त्मनिर्भर बन्ने उनीहरुको योजना छ । बिहान-बेलुका घरको काम, घाँसपात गर्ने र दिनभर गैंती, कोदालो, गल, बेल्चा, फरुवाले खन्ने र सम्याउने गर्छन् । गाउँका सबै महिला संगठित भएर काब्रे महिला कृषक समूह गठन गरेका छन् । उनीहरु बाख्रा, कुखुरा बेचेर पैसा जोगाएर मासिक बचत पनि गर्छन् ।

बाँ’झिएको बारी र समथर खर्‍यान खनेर ७० किलो बेसार लगाइसक्यौं,’ समूहकी पूर्वसचिव सुष्मिता पौडेलले भनिन्, ‘खन्ने क्रम जारी छ । एक टुक्रा पनि जमिन बाँ’झो राख्दैनौं, सबैमा खेती गर्छौं ।’ बाँझिएका बारी सम्बन्धित व्यक्तिले नि:शुल्क रुपमा खेती गर्न समूहलाई दिएका छन् । यहाँ मकै, गहुँ लगायतका अन्नबाली राम्रो उत्पादन हुने गरे पनि बाँदरले क्ष’ति पुर्‍याउने भएकाले बेसार खेती लगाइने पौडेलले बताइन् ।

जमिनमुनि बाँदरले खो’स्रेर खाँदैन,’ उनले भनिन् । यहाँ १८ घरको डेढ सय रोपनीभन्दा बढी बारी बाँ’झिएका छन् । को’रोना भा’इरस सं’क्रमण थप फैलिन सक्ने र खाद्य सं’कटसमेत निम्तिन सक्ने भएकाले बाँ’झो जमिनमा खेती गर्न थालिएको समूहकी अध्यक्ष सीता पौडेलले बताइन् । ‘बारी एक्लै खन्न सकिँदो रहेनछ तर एकतामा बल आउँदो रहेछ।

एक टुक्रा पनि जमिन बाँ’झो राख्दैनौं, सबैमा खेती गर्छौं ।’ बाँझिएका बारी सम्बन्धित व्यक्तिले नि:शुल्क रुपमा खेती गर्न समूहलाई दिएका छन् ।

उनले भनिन्, ‘आलु, अदुवा, बेसार, हलेदो, पीडालु, सक्खर र खुर्सानी लगायतका बाली बाँदरले खाँदैन ।’ सुरुमा त गैंती र कोदालोले खन्न थ’काइ लाग्ने र हातमा ठे’ला उठ्ने गरे पनि निरन्तर काम गरेपछि बानी लागेको समूहकी सचिव कमला पौडेलले बताइन् । ‘महिलाहरु अब चुलोचौकोमा मात्रै सीमित भएर बस्दैनौं, उत्पादनमुखी काम गरेर देखाउँछौं,’ उनले भनिन् ।

प्रायः सबै महिलाका पुरुष भारत र तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा छन् । वडाध्यक्ष राजेशकुमार पन्थीले उत्पादित बेसार वडाले खरिद गरिदिने वचन दिएपछि महिलाहरुले धमाधम बारी खन्न थालेका छन् । वडामा एउटा बेसार उद्योग राख्ने र उत्पादित गरेको खरिद गर्ने योजना रहेको पन्थीले बताए ।

महिलाहरुलाई उत्पादनमुखी काममा लगाएर स्वरोजगार बनाउन
वडाभित्र गठित १५ वटा महिला समूहलाई बेसार खेती उत्पादनमा लगाइएको उनले बताए । बाँ’झा बारी खन्न प्रोत्साहन गरेका छौं, महिला सक्रिय भएर काम गर्न सुरु गरेका छन्,’ उनले भने । यो समाचार कान्तिपुर दैनिकको अनलाईन वेबसाईट मा छ

प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार ०६:२१