मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृ’त्यु’, को’रोनाको रि’पोर्ट आउन बाकि

नेपालगन्ज : बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृ’त्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको आइतबार बिहान ६:४० बजेतिर मृ’त्यु भएको हो। उनले बिहान ५:३० बजेतिर बा’न्ता गरेका थिए।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालकाअनुसार युवकलाई ज्व’रो पनि आएको थियो। उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए। शनिबार उनीलगायत क्वारेन्टाइनमा बसेका ३९ जनाको को’रोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। को’रोनाको रि’पोर्ट भने आउन बाँकी रहेको बताइएको छ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले उनको स्वाबको परीक्षण भइरहेको बताए। रि’पोर्ट आउन कम्तिमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ।
अन्नपूर्ण पोष्ट

प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार ०४:०८