को’रोनाबाट मृ’त्यु भएकी महिलाका श्रीमान् भन्छन्, ‘टिचिङमै रहँदा उनलाई भा’इरस सरेको हुनुपर्छ’

काठमाडौं, ४ जेठ । को’रोनाका कारण मुलुकमा पहिलो पटक एक सुत्केरीको मृ त्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृ त्यु भएको हो । मृ’तक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई सं क्रमण भएको हुन सक्ने बताए । उनले भने,लकडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी को’रोना लाग्यो ? सोचिराछु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भा’इरस सरेको हुनुपर्छ ।’

महिलाका श्रीमानले भनेको कुरा जस्ताको त्यस्तै
विवाह भएको १३ वर्ष भयो । मेरो घर र ससुराली सँगै हो । हाम्रो गोंगबुमा कोठा छ । यहीं तरकारी पसल गथ्र्यो । पहिलो सन्तान छोरा ११ वर्ष भइसकेकाले दोस्रो सन्तानको योजना बनायौं । मुलुकमा लकडाउन सुरु भएपछि वरिपरिका सबैजसो गाउँ फर्कन थाले । हामी पनि जाने कि भन्ने सल्लाह र्गयौं तर डाक्टरले सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो । गाउँमा गएर पनि सुत्केरी हुन गाह्रो होला भनेर गएनौं ।

डाक्टरले दिएको मितिभन्दा एक महिनाअघि वैशाख २३ मा श्रीमतीलाई सु’त्केरी व्य’था लाग्यो । हामी वैशाख २३ मा टिचिङ अस्पताल गयौं । २४ गते बिहान ४ बजे सु’त्केरी भइन् । छोरा जन्मियो । उनको अवस्था सामान्य थियो । २५ गते नै अस्पतालले डिस्चार्ज दियो । लकडाउनमा काठमाडौं बसेर स्याहार पुग्दैन भनेर हामीले घर जाने निधो गर्‍यौं ।

बाह्रबिसेबाट एम्बुलेन्स आएको रहेछ । त्यसमै जाने भयौं । कोठामा गएर छोरालाई लिएर आयौं, कपडा पनि झिक्यौं । अस्पतालबाटै तयार भएर हामी घर गयौं । दोस्रो सन्तान श’ल्यक्रियाबिना भएकाले हामी खुसी थियौं । घरमा सु’त्केरी भेट्न ससुरालीतिरका आफन्त पनि आए । खुसीयाली साट्यौं ।

वैशाख ३१ गते राति उनले सास फेर्न गा’ह्रो भयो भनिन् । जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगें । चिकित्सकले ए’क्सरे गरेर हेरे । छातीमा ख’राबी रहेकाले एन्टिबायोटिक चलाउनु पर्ने भएकाले सुत्केरीलाई जो खिम हुने भन्दै थप उपचार गर्न धुलिखेल वा काठमाडौं लैजान चिकित्सकले सुझाव दिए । तर तत्काल एम्बुलेन्स पाइएन । बेलुका ७ बजे एम्बुलेन्स आयो । धुलिखेल अस्पताल ल्याइपुर्‍याउँदा साढे ९ भइसकेको थियो । अस्पतालको गेटमा पुग्ने बित्तिकै उनलाई गा’ह्रो भयो । अस्पतालभित्र लगेर चिकित्सकले हरप्रयास गरे । भेन्टिलेटर चलाए । पम्प दिए । तर बचाउन सकिएन भनेर डाक्टरले सुनाए । अस्पताल ल्याएको आधा घण्टामै उनको मृ त्यु भयो ।

ममी, बहिनी र म आएका थियौं । रातभरि रोएरै बस्यौं । आफन्तलाई उनको मृ’त्युको खबर सुनायौं । भोलिपल्ट हामीले उनको श व सद्गतका लागि लैजान खोज्यौं तर अस्पतालले को रोना परीक्षण गर्ने भनेर लैजान दिएन । शुक्रबार पनि हामी दिनभरि श व लैजान कुर्‍यौं । अस्पताल प्रशासनले शनिबारसम्म रि’पोर्ट आउने भएकाले पर्खन आग्रह गरेको थियो । हामीले आफन्तलाई त्यही जानकारी गरायौं । शनिबार बिहान फेरि श व दिन अनुरोध गर्दा डाक्टरले हामीलाई थप सतर्क भएर, कसैलाई नछोई, छुट्टै बस्न आग्रह गरे । अस्पतालले नभने पनि श्रीमतीको मृ त्यु को रोनाले भएको हो कि भन्ने शं का लाग्यो । केही बेरपछि इमर्जेन्सी वरिपरि कसैलाई आउन दिएनन् । त्यसपछि उनको मृ त्यु को रोनाकै कारण भएको रहेछ भन्ने लाग्यो ।

अस्पतालमा केही कर्मचारीले मृ त्युको कारण को रोना भएको पनि सुनाए । त्यसपछि थप सतर्क भयौं । १० दिनको बच्चा स्वस्थ छ । उसलाई ल्याक्टोजिन खान दिइरहेका छौं । ठूलो छोरा गाउँमै छ । उनीसँगको सम्बन्ध सम्झिरहेको छु । रु‘न्छु । मैले चि’न्ता लिँदा आमा र बहिनीले पनि चि’न्ता लिने भएकाले मन दह्रो बनाएर बसेको छु ।

अस्पतालले शनिबार दिउँसो १० दिनको छोरा र हाम्रो पनि स्वाब परीक्षणका लागि लगेको छ । रि’पोर्ट के आउने हो ? ल कडाउनका बेला हामी घरमै बसेका थियौं । उनलाई कसरी को रोना लाग्यो ? सोचिराछु । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भा इरस सरेको हुनुपर्छ ।

प्रकाशित मिति ४ जेष्ठ २०७७, आईतवार ०२:१३