को’रोनाबारे नागरिकको मत : ‘लकडाउन’ र परीक्षण दुवै बढाऊ

काठमाण्डौ – नागरिकले को’रोना भा’रइरसको स’ङ्क्रमणलाई फैलिन नदिन लकडाउनलाई क’डा बनाउन र परीक्षणको दायरा बढाउन सरकारलाई सुझाव दिएका छन् ।

शेयरकास्टले देशभरिका दुई हजार दुई सय ८९ व्यक्तिसँग टेलिफोन सम्पर्क गरी सर्वेक्षण गर्दा ५४ प्रतिशत उत्तरदाताले सरकारले लकडाउनलाई क’डा बनाउनुपर्ने धारणा राखे भने ४५ प्रतिशत उत्तरदाताले परीक्षणको दा’यरा तत्काल बढाउनुपर्ने बताएका छन् ।

लकडाउनकाे सात हप्ता : नागरिक के भन्छन्, के गर्दैछन् ?’ भन्ने मत सर्वेक्षणको नतिजा अनुसार २७ प्रतिशत उत्तरदाताले भारत तथा तेस्रो देशबाट घर फर्किन चाहनेलाई व्यवस्थित रुपमा आउन दिनुपर्ने विचार व्यक्त गरेका छन् ।

सर्वेक्षणमा संलग्न भएकामध्ये ५३ प्रतिशत उत्तरदाताले स्वास्थ्य जाँच वा अति आवश्यक किनमेलबाहेक लकडाउनमा घरबाट बाहिर ननिस्केको बताएका छन् । २८ प्रतिशतले  यस अवधिमा एकदेखि पाँच पटक, ९ प्रतिशतले पाँचदेखि १० पटक घरबाट बाहिर निस्केको बताए ।

लकडाउनको सात हप्तामा ६० प्रतिशत उत्तरदाताले दैनिक उपभोग्य सामान किन्न समस्या भएको बताएका छन् । काम नभएकोले आर्थिक समस्या बढेका जवाफ दिनेमा ५४ प्रतिशत छन् । नियमित काम वा रोगजारी गुमेकाे कारण १७ प्रतिशतले चि’न्ता बढेको र १० प्रतिशतले को’रोना भा’इरसको ड’रले चि’न्ता बढेको बताएका छन् ।

 

प्रकाशित मिति ३ जेष्ठ २०७७, शनिबार १५:१८