सुत्केरीको मृ’त्यु पछि सिन्धुपाल्चोकका दुई स्थानीय तह सिल

काठमाडौं, ३ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र बलेफी गाँउपालिकाका विभिन्न वडा सिल गरिएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार सु’त्केरी महिलाको मृ’त्यु भएपछि उनको घर र माइती गाँउ सिल गरिएको हो ।

उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृ’त्यु भएको र उनी को’रोना भा’इरसको सं’क्रमण भएको आ’शंका गरिएको छ ।

सिल गरिएको क्षेत्रबाट कोही बाहिर आउन पाउने छैनन् भने बाहिरबाट पनि कोही जान पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृ’त्यु भएको र उनी को’रोना भा’इरसको सं’क्रमण भएको आ’शंका गरिएको छ ।

सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ वि’पद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति ३ जेष्ठ २०७७, शनिबार १३:२५