काठमाडौं- कपिलवस्तुमा थप ३ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । योसँगै आज एकैदिन ९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म को’रोना सं’क्रमितको संख्या २ सय ७६ पुगेको छ । यस्तै उपचार पछि ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।