‘रहस्यमय गोल्डेन रक’जुन पुरुषले हल्लाउन नसक्ने, महिलाले छुन नमिल्ने…..

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ ।

२५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चि’प्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्था हेर्दा निकै र’हस्यमय लाग्छ ।

यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको छेउँमा गएर अडियो भन्ने कुरा इतिहासकै ग’र्भमा छ।

सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् ।

यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको छेउँमा गएर अडियो भन्ने कुरा इतिहासकै ग’र्भमा छ। यो चट्टान बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ ।

वर्षको तीनपटक उक्त चट्टानमा पुगेर वरदान माग्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । जनविश्वास अनुसार उक्त ढुंगा भगवान बुद्धका रौँमा अडिएको छ रे ।

रोचक त के भने यो विशाल ढुंगालाई पुरुषहरुले हल्लाउन नसक्ने तर महिलाहरुले चाहिँ त्यहाँबाट अर्कै ठाउँमा समेत सार्नसक्छन् भन्ने धार्मिक मान्यता छ । सोही कारण महिलाहरुलाई उक्त ढुंगा छुन ब’न्देज लगाइएको छ ।

एजेन्सी/अनलाइनखबर

प्रकाशित मिति २ जेष्ठ २०७७, शुक्रबार ०८:२२