काठमाडौंका सात वर्षीय बालकमा को’रोना : सं’क्रमितको संख्या २४९ पुग्यो

काठमाडौं : नेपालमा थप तीन जनामा को’रोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा को’रोना पुष्टि भएको हाे ।

काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा को’रोना पुष्टि भएको हो । योसँगै सं’क्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि बिहीबार दिउँसाे तीन जनामा को’रोना पुष्टि भएको थयो। काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर को’रोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै सं’क्रमितको संख्या २४९ पुगेको छ।

अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने आइसोलेसनमा उपत्यकामा ६ र बाहिर २६६ गरेर २७२ छन्।

प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार १५:१२